'एक्लाे बिहान'
बिमला पान्डे
न म एउटा धुप हुँ ,
यति बुझ्नु तिमी
म एउटा रूप हुँ ।
खै किन कहिले किन मेटिन्न,
जति खाेज म नजिक भेटिन्न ॥
उज्यालोले मलाई अंगालो हाल्छ ,
सुर्यले पनि पनि त एक्लाे भनि गिज्याउन थाल्छ ।
तिमी जम्छौं मस्त निद्राकाे सिरानीमा,
म एक्लै छु जहिले सुनौलाे बिहानीमा ।।
थाेरै समय देउ,उठ नियालेर हेर ,
धामले तिमीलाई बाेलाएछ अब त काेल्टे फेर् ।
सुन्दर डाँडा पाखा म हेर्दै हराउँन्छु ,
कोँही त साथी बन भन्छु निकै डराउन्छु ।।
थोरै पाइला चाल तिमी म तिमीलाई जगाउन्छु ,
स्वच्छ हावाकाे लहरसंगै आनन्दमा बगाउन्छु ।
अस्तित्वमा छु हराउदिन तिमीले खाेज्नु ,
मनकाे बह पाेख्नु परे सुनाैलाे किहान राेज्नु ।।
प्रकाशित मिति: आइतबार, साउन ६, २०८१
प्रतिक्रिया दिनुहोस्