Shittalpati
गुरु मान्नुपर्छ

✍️बिचन्द्र रायमाझी ‘मुस्कान’

  इस्मा २ गुल्मी हाल तानसेन ,पाल्पा

चाहे बाल शिक्षा होस

चाहे उच्च शिक्षा होस

शिक्षा शिक्षा नै हो,

शिक्षा दिने भनेको गुरु नै हो ।

आफू अन्धकारमय भएर

अरुलाइ उज्यालो छर्छन्,

आफू खोक्रो भएर

अरुलाइ भरिभराउ गर्छन् ।

यता धन भन्दा विद्या ठूलो पढाउनुपर्छ

उता भए युरोप नभए खाडी भिसा लगाउनुपर्छ

अझ भन्नुपर्छ स्वदेशमै केही गरेर बस्नुपर्छ

भिसा आउनसाथ आफैले झोला कस्नुपर्छ ।

नियमले भन्छ त विद्यालयमा जा

सरकारले भन्छ त सडकमा जा

नियमले भनेको मान्ने हो भने जीवन धान्न मुस्किल पर्छ

सरकारले भनेको मान्ने हो भने ज्यान जोगाउन मुस्किल पर्छ ।

गुरुलाई सम्मान गर्न जानेन् सरकारले

मार्गदर्शक गुरु हुन ठानेन् सरकारले

दासी बनाएर राख्न खोज्दै छ सरकार

गुरुलाई गिराउने बाटो रोज्दै छ सरकार ।

गुरु बिनाको शिक्षा अधुरो हुन्छ,

शिक्षा बिनाको जीवन अपुरो हुन्छ,

गुरु मार्गदर्शक हुन ठान्नुपर्छ ।

त्यसैले गुरु गुरु नै हुन मान्नुपर्छ ।।

प्रकाशित मिति: आइतबार, साउन ६, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update