Shittalpati
सुनको मूल्य एक हजार तीन सयले घट्यो

काठमाडौँ, सुनको मूल्य आज प्रतितोला एक हजार तीन सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, शुक्रबार प्रतितोला एक लाख ४७ हजार पाँच सयमा कारोबार भएको छापावाला सुन आज  एक लाख ४६ हजार दुई सय निर्धारण भएको हो । 

त्यस्तै शुक्रबार प्रतितोला एक लाख ४६ हजार आठ सयमा कारोबार भएको तेजाबी सुन आज एक लाख ४५ हजार पाँच सय निर्धारण भएको छ । चाँदीको मूल्य भने आज प्रतितोला २० ले घटेको छ । शुक्रबार प्रतितोला एक हजार आठ सय ३० मा कारोबार भएको चाँदीको मूल्य आज एक हजार आठ सय १० निर्धारण भएको छ । 

प्रकाशित मिति: आइतबार, साउन ६, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update