Shittalpati
बीपीले देखाएको मार्गमा हिँडे काँग्रेसलाई कसैले जित्न सक्दैन : सभापति श्रेष्ठ

पाल्पा, नेपाली काँग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले बीपीले देखाएको मार्गमा हिड्न सके काँग्रेसलाई कसैले पनि जित्न नसक्ने बताए । आइबतार नेपाली काँग्रेसका संस्थापक बीपी कोइरालाको ४२ औं स्मृति दिवसका अवसरमा नेपाली काँग्रेस रिब्दीकोट गाउँपालिका–४ ले भैरवस्थान मन्दिर परिसरमा आयोजना गरेको वृक्षारोपण तथा अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले बीपीको मार्गमा हिडे कसैले हराउन नसक्ने बताएका हुन् । 

सभापति श्रेष्ठले भने ‘ बीपीको त्याग र निष्ठाको मार्गलाई नेता कार्यकर्ता सबैले अबलम्बन गर्न सके काँग्रेसलाई कसैले पछि पार्न सक्दैन ।’ उनले काँग्रेसको विचार बोक्ने सबैले बीपीको मार्गदर्शनलाई आत्मसाथ गर्नुपर्नेमा जोड दिए । नेपाली काँग्रेस कुनै एउटा मिसनको लागि जन्मिएको पार्टी नभएकाले समाजमा देखिएको गरिबी,अशिक्षा,असमानता हटाउने गरी अग्रसर हुने बताए । विशिष्ट अतिथि नेपाली काँग्रेसका पूर्व केन्द्रीय सदस्य राजनप्रसाद पन्तले नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी  प्रजातान्त्रिक आन्दोलन र नेपाली साहित्यमा विशिष्ट योगदान पुर्‍याउन सफल एकमात्र खम्बा भएको बताए । उनको क्रान्तिदृष्टा, सिद्धान्तनिष्ठ र अटल राष्ट्रवादका कारण अहिले पनि जुनसुकै दल र विचारधाराका व्यक्तिहरु प्रभावित हुने गरेको धारणा व्यक्त गरे ।

 कार्यक्रममा नेपाली काँग्रेस लुम्बिनी प्रदेश सदस्य महेन्द्र पाण्डे, जिल्ला उपसभापति झपेन्द्र गहिरे, सचिव सन्तोष थापा, कोषाध्यक्ष मोहनप्रसाद श्रेष्ठ, प्रवक्ता शोभाखर न्यौपाने, काँग्रेसका आर्थिक सल्लाहकार सन्तोषलाल श्रेष्ठ, महासमिति सदस्य राजेन्द्रगोपाल सिंह, काँग्रेस क्षेत्र नं २ का क्षेत्रिय सभापति मुक्तिराम जिसी, क्षेत्रिय सचिव कृष्ण आले,  पूर्व पार्टी जिल्ला सचिव माधव नेपाल, नेपाल महिला संघकी जिल्ला सभापति मीना पन्थी, दलित संघका जिल्ला अध्यक्ष दिनेश गन्दर्व,  काँग्रेस जिल्ला सदस्यहरु सुरेश बोहोरा, डा. माधव थापा, काँग्रेस क्षेत्र नं २ प्रदेश सभा (ख)का सभापति रुक्मागत भट्टराई, काँग्रेस रैनादेवी छहरा गाउँपालिकाका सभापति विष्णुप्रसाद पोखरेल, बगनासकाली गाउँपालिकाका सभापति थानेश्वर तिमिल्सीना, महाधिवेशन प्रतिनिधि कान्ता अधिकारी, काँग्रेस तानसेन नगर सभापति सुवर्णमुनी शाक्य, नेविसका पूर्व केन्द्रीय सदस्य हरिबोल भट्टराई लगायतले बीपी र काँग्रेसका बारेमा चर्चा गरेका थिए । काँग्रेस वडा सभापति कमल पौड्यालको अध्यक्षता, उपसभापति कृष्ण नेपालको स्वागत, सचिव मनोज खनालको सञ्चालनमा कार्यक्रम भएको थियो । काँग्रेसले अन्तक्र्रियासँगै मन्दिरपरिसरमा वृक्षारोपण समेत गरेको थियो । उता पाल्पाको क्षेत्र नं १ को रामपुरमा समेत काँग्रेसले वृक्षारोपणसँगै विविध कार्यक्रम गरेर बीपी स्मृति दिवस मनाएको छ ।   

प्रकाशित मिति: आइतबार, साउन ६, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update