Shittalpati
बुबाको स्मृतिमा विद्यालयमा अक्षयकोष

तम्घास (गुल्मी), गुल्मीमा बुबाको स्मृतिमा छोराहरुले एक विद्यालयमा अक्षयकोषको घोषणा गरेका छन् । जिल्लाको रेसुङ्गा नगरपालिका–२ निवासी स्व हेमराज मरासिनीको स्मृतिमा छोरा नवीन, सञ्जीव र डा.सञ्जयले रेसुङ्गा–१ मा रहेको महेन्द्र माध्यमिक विद्यालयमा  तीन लाख १५ हजारको अक्षयकोषको स्थापना गरेका हुन । स्व. हेमराज विद्यालयको अंग्रेजी शिक्षक थिए । उनको एक वर्षअघि निधन भएको थियो । बुबाको वार्षिक पुण्यतिथिका अवसरमा छोराहरुले बुबाले अध्यापन गराएको विद्यालयमा अक्षयकोषको स्थापना गरेका हुन् । 

विद्यालयलाई प्रदान गरेको रकमबाट कक्षा ५, ८, एसइई र कक्षा १२ मा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने जनाइएको छ । अब छिट्टै कार्यविधि बनाएर उक्त रकम विद्यार्थीको छात्रवृत्तिका लागि प्रयोग गरिने विद्यालयले जनाएको छ । छात्रवृत्ति स्थापना गर्नेमध्येका जेठो छोरा नवीन मरासिनी काठमाडौं विश्वविद्यालयमा अध्यापनरत छन् । उनी पनि महेन्द्र माविका पूर्वशिक्षक हुन् । माइलो छोरा सञ्जीव मरासिनी नेपाल संस्कृत विश्वविद्यालय अन्तर्गतको रिडी संस्कृत विद्यापीठमा अंग्रेजी विषयको उपप्राध्यापक हुन् भने कान्छो छोरा डा. सञ्जय मरासिनी न्युजील्याण्डमा नेत्र विशेषज्ञका रुपमा कार्यरत छन् ।

प्रकाशित मिति: सोमबार, साउन ७, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update