Shittalpati
लुम्बिनीको मुख्यमन्त्रीमा एमालेबाट गिरी ब्याक, आचार्यलाई अघि सार्दै

दाङ, लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेले संसदीय दलका नेता लिला गिरीलाई ब्याक गराएर दलका उपनेता चेतनारायण आचार्यलाई अघि सारेको छ । यसअघि दलका नेता गिरीलाई मुख्यमन्त्री बनाउने काँग्रेस–एमालेबीच सहमति भए पनि सोमबार बिहान एमाले केन्द्रको निर्देशन अनुसार आचार्यलाई मुख्यमन्त्रीमा अघि सारिने भएको हो ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले लुम्बिनीको मुख्यमन्त्रीमा आचार्यलाई बनाउन निर्देशन दिएपछि  गिरी ब्याक भएका हुन् । आजै आचार्य लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनकहाँ दाबी पेस गर्न जाने तयारी भएको छ । अर्घाखाँची निर्वाचन क्षेत्र १ (१) बाट निर्वाचित आचार्य यसअघि माओवादीका जोखबहादुर महरा नेतृत्वको सरकारमा आर्थिक मामिला तथा योजनामन्त्री थिए ।

प्रकाशित मिति: सोमबार, साउन ७, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update