Shittalpati
लुम्बिनीको मुख्यमन्त्रीमा एमालेका आचार्य नियुक्त

दाङ, लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले लुम्बिनी प्रदेशका उपनेता चेतनारायण आचार्य नियुक्त भएका छन् । सोमबार प्रदेश प्रमुख अमिक शेरचनले आचार्यलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । उनलाई प्रदेश प्रमुख शेरचनले संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता जोखबहादुर महराले आइतबार राजीनामा दिएपछि आचार्यले नेकपा एमालेका २९ जना र कांग्रेसका २७ जना सांसदको समर्थनसहित मुख्यमन्त्रीका लागि दावी पेश गरेका थिए । मुख्यमन्त्रीको सपथ भने मंगलबार गराउने तयारी भएको प्रदेश प्रमुखको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, साउन ७, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update