नेपालको राजनीतिमा अन्ततः भारतिय प्रभाव फेल भयो । पश्चिममा राष्ट्रको खेलौना बन्यो हाम्रो मुलुक । भारितय राष्ट्रिय राजनीतिको प्रत्यक्ष प्रभाव परेको भए पनि यस पटकको सरकार परिवर्तनको खेलमा भारतको राजनीति पूर्णरुपले असफल भएकै हो । भारतिय सञ्चार माध्यमहरुले वर्तमान सरकारको आलोचना गरेका छन् ।
कुटनैतिक नियोगमा कार्यरत तथा जानकारहरुले समेत परिवर्तित राजनैतिक घटनाक्रमलाई आश्चर्य रुपमा लिएका छन् । भारतको निर्वाचनपछि नेपालको राजनीति तथा सरकार (नेकपा माओवादी र नेकपा एमाले) को सयुक्त सरकार परिवर्तन हुन्छ भन्ने आंकलन गरिएको थियो । भारतको राजनीति समेत यस पटक नराम्रोसँग पछाडी पर्याे । जब राष्ट्रिय भाउजु विदेशीन त्यस दिनबाट दाहल नेतृत्वको सरकारको दिनगन्ती सुरु भयो । यो पटक सरकार परिवर्तन हुँदा आम जनताले हर्ष मानेकै छैनन् हुन त कागलाई बेल पाक्नु जस्तै भएको छ । काँग्रेस, एमालेको सरकार बनाउन अमेरिका पूर्ण रुपले सफल भएको छ । एमसिसी हावी भएको देखिन्छ । हाल देख्दा सामान्य देखिन्छ । तर भविष्यका लागि यो सबै भन्दा खतरा देखिन्छ । भू–सामयिक हिसावले यस घटनाले निकट भविष्यमा अमेरिकाको लागि हाम्रो मुलुक क्रिडास्थल वन्नेमा शंका नै छैन् । भारतिय प्रधानमन्त्री नरेन्द्र मोदिको सपथ ग्रहणमा भारत पुगेका पुष्पकमल दाहलसँग राजनैतिक कुरा ज्यादा हुन पाएन । कारण मोदी सरकार पनि नेपालको जस्तै धेरै दलहश्र मिलेर बनेको थियो । त्यसले गर्दा राष्ट्रिय सहमती कायम गर्ने भन्ने मात्र थियो । यो भन्दा ज्यादा र धेरै कुरा पटककै भएको थिएन । भारतका लागि सबै भन्दा सजिलो पुष्पकमल दाहल नै हुन् । भारत निकट ठानिने नेकपा एमालेका ओलीसँग २०७२ सालपछि नराम्रोसँग चिढिएको छ । उनी सरकारको नेतृत्वमा आउदा भारतले नाकाबन्दी गरेको थियो । भारतियहरुले ओलीलाई पछिल्लो समयमा चिन निकटतम ठान्दछन् । ओलीले जब कालापानी, लिपुलेक समेटेर नेपालको नक्सा संसदबाट पास गराए तब भारत झन चिढिएको थियो । पछिल्लो समयमा राम जन्मभूमी नेपालमा हो भन्ने अभिब्यक्ति दिए पछि ओलीसँग भारत तर्सियो । देउवालाई भारतले कहिल्यै स्विकार गरन् । देउवालाई पश्चिमाको सरकार ठान्दछन् । यी कारणले भारतका लागि पुष्पकमल दाहल उपयुक्त पात्रा थिए । दाहालले नेपालमा हिन्दुराज्य कायम गराउन सक्ने थिए । देउवा, ओलीबाट त्यो सम्भव पनि थिएन र छैन् पनि । यस्ता कुरामा दाहाल सजिला पात्र थिए भारतका लागि । हुन त नयाँ सरकार अब भारतका लागि र चिनका लागि टाउको दुखाइ हुनेछ ।
सरकारले विश्वासको मतलिने दिन सदनमा दाहालले भनेका थिए ‘तिमिहरु आफै मिलेका होइनौ’ । यहाँ भन्दा धेरै कुरा भनेन् । सविधान संंशोधन भन्ने त बाहना मात्र हो । त्यो हुँदैन ओलीले यस भन्दा अगाडि पनि सरकारको नेतृत्व गर्ने अवसर पाएका व्यक्ति हुन् । त्यति बेला जस्तो यस पटक फुर्तिलो देखिएका छैनन् । अन्य बेला बनेका हुन यस पटक बनाइएकाले पनि उनको बोली फुटेको देखिदैन । जब दाहालको विकल्पमा नयाँ सरकार बन्ने विषयमा क्याप्टेन रामेश्वर थापाको घरमा ओलीका अत्यन्त विश्वास पात्र ईश्वर पोखेरललाई मात्र जानकारी हुने गरी सम्झैता भएको कुरा देउवासँग सात बुँदे सहमती भएको कुरा जब वाहिरियो तब भारतिय एउटा तप्का झस्कयो । यो सम्झैता असफल बनाउन प्रयत्न पनि भयो त्यही भएर दाहालले सदनबाट विश्वासको मत लिने भनेका हुन । त्यति समयसम्म केहि हुन्छ कि भन्ने थियो । यही समयमा नुवाकोटको एउटा रिसोर्टमा ज्ञानेन्द्र शाह र दाहालको बिचमा भेट भयो । यो अवसर भारतले गरायो तर अमेरिकाको कारण भारतको केहि लागेन । दाहालले ज्ञानेन्द्रसँग सम्झैता गरेर उनलाई अलहंकारिक राजा बनाएर आफूले आजीवना सरकारको नेतृत्व गर्ने मनसाय राखेका थिए । अमेरिकाकोे अगाडि ज्ञानेन्द्रको पनि केहि लागेन । दाहालले ज्ञानेन्द्रलाई नारायणहिटिमा भित्र्याउन खोजेको तथ्य बाहिरिएको छैन । जब एमालेसहितको सरकार बन्यो तब राष्ट्रिय भाउजु अमेरिका उडिन् । उनलाई यता भुटानी शरणार्थी वाइडवडी जहाज काण्डले मतमतीे पोलेर छट्पटिएको समयमा सितलताको खोजीमा उनी अमेरिका उडिन् । उनको विवाह पनि अमेरिकी राजदुतले नै गराइदिएका हुन । दुख परेको समयमा चेली माइती पुगीन । केहि समय उतै बसिन् । सबै कुरा मिलाएर ठिक्क पारेर उनी घर फर्किएकी हुन् । जब अनुकूलको समय आयो तब गठबन्धन भयो । यो गठबन्धन बन्ने भए २०७४ सालमा किन भएन ? यदि यो गठबन्धन नभएको भए उनी जेल जाने पक्का हो । यतिखेर गिरी बन्धुमा भोली, भुटानी भाउजु, बाल मन्दिरमा प्रकाशमान सिंह, बालुवाटार जग्गा प्रकरणमा विष्णु पौड्याल, शरद सिंह म्यानपावर कम्पनी, भ्रष्टाचारले नराम्रोसँग पोतिएका व्यक्ति सरकारमा सामेल छन् । तत्कालीन गृहमन्त्री रवि लामिछानेले फाइल खोलम्, खोलम् भने तर सकेन् । त्यसको कारण थियो दाहालले संकेत नदिनु । दाहलले अनुकूल नदेखेर संकेत नदिएका हुन् ।
सरकारको नेतृत्व परिवर्तन भयो । यतिखेर सरकार परिवर्तन भएको विषयमा आम जनता भने खुसी छैनन् । सरकार परिवर्तनका सवालमा जनताका लागि कागलाई बेल पाके जस्तै भएको छ । सरकारको नेतृत्व परिवर्तन हुने दिन मुलुक शोकमा डुवेको थियो । त्यस दिन दौरा सुरुवाल लगाएर सित्तल निवास जानेको भिड् लाग्यो । लाग्छ यो सरकार शुभ छ जस्तो लाग्दैन । सरकारमा सहभागी सदस्यको मुहार हसिलो नै देखिएन् । सरकारमा सहभागी सदस्य मध्ये अधिकांश विवादस छविले नाम कमाएका परेका छन् । सरकार परिवर्तन गरिनु भनेको भ्रष्टाचारलाई सरक्षण गर्ने पनि हो । सरकार यसरी बन्नुको अर्थ मुलुकलाई स्थायित्वका लागि भनिन्छ । तर राजनैतिक स्थायित्व भन्दा पनि भ्रष्टलाई संरक्षणका लागि हो । सरकारले संविधान संशोधन गर्ने त्यसका लागि कार्यदल बनाउने भनिएको छ । सरकारले सविधान संसोधन गर्ने हो भने स्थानीय तहलाई थप अधिकार दिनु पर्ने, संघीयता खारेजी, धर्म निरपेक्षता, खारेज गर्न हिम्मत गर्नुपर्छ तर सरकारसँग छैन । यसैले सरकारले संविधान संशोधन गर्न सक्दैन । विदेशीले बनाइएको सरकारप्रति न हर्ष छ नत विस्मान नै सरकारले यस पटक गौतम बुद्ध क्रिकेट गौशालालाई प्राथमीकतामा राख्यो । त्यहिबाट सुरु हुन्छ सरकारको क्रियाकलाप यतिखेर जनता विपद्को महामारीबाट पिल्साीएका छन् । त्यस प्रति ध्यान पुगेको छैन । त्यसले गर्दा सरकार भएको आमजनताले महसुस गर्ने सकेका छैनन् । त्रिशुलीमा बस खस्यो । आफन्त शवको खोजीमा तड्पिएका छन् । त्यसतर्फ राज्य उदासिन छ । बाढी पहिरोले दिनानुदिन जनतालाई च्यापदै गएको छ । खेतीयोग्य जमिन बगरमा रुपान्तरित भएका छन् । सरकार के मा हो । के मा बल्झिएको छ । जनतालाई मन छुने भनेको यस्तै यस्तैमा थियो तर सरकार जनताको समस्याबाट निकै टाढा रहेको छ । यसले गर्दा सरकारको नेतृत्व परिवर्तन भएको आमजनताले महसुस नगरेको अवश्य हो । अत्यन्त कष्टरुपमा आलोचना गर्ने, देख्दा कुकुर र बिरालो जस्तो हुने मुख्य दुई दल बिच गठबन्धन भयो । निर्वतमान प्रधानमन्त्री पुष्पकमल दाहल सदनमा बोल्दा उनले सत्य कुरा थोरै ओकले ।
(लेखक जिल्लाका क्रियाशील एवं समसामयिक विषयमा खरो रुपमा कलम चलाउने युवा पत्रकार समेत हुन् ।)