Shittalpati
रामपुरका कर्मचारीलाई अभिमुखीकरण

पाल्पा, जिल्लाको रामपुर नगरपालिकाको सेवा करारमा कार्यरत कर्मचारीहरुको लागि अभिमुखीकरण कार्यक्रम गरिएको छ । नगरपालिकाले करारमा कार्यरत कर्मचारीलाई थप जिम्मेवार बनाउनुका साथै उनीहरुको समस्या पहिचान गरी सम्बोधन गर्ने उद्देश्यले अभिमुखीकरण कार्यक्रम गरेको हो ।

कर्मचारीहरुलाई थप जिम्मेवार बनाउन अभिमुखीकरण कार्यक्रम गरिएको नगर प्रमुख रमणबहादुर थापाले बताए । उनले सबै तहका कर्मचारीलाई भेदभाव नगरी नगरपालिकाले समान व्यवहार गर्दै आएको उल्लेख गरे । नगरलाई वर्तमान अवस्थासम्म ल्याउनका लागि कर्मचारीहरुको महत्वपूर्ण भूमिका रहेको भन्दै थापाले नगरको स्रोत र साधनले भ्याए सम्म कर्मचारीको सेवा सुविधामा ध्यान दिइएको बताए । नगरपालिकाले गत वर्षदेखि कर्मचारी कल्याणकारी कोष स्थापना गरेको जानकारी दिदै उनले कार्य सम्पादनका आधारमा कर्मचारीको वृति विकासमा थप व्यवस्था गरिने जानकारी दिए । नगर प्रमुख थापाले भने ‘कर्मचारी र जनप्रतिनिधिको परीक्षा सधैं हुने भएकाले जिम्म्मेवार भएर अघि बढ्न जरुरी छ ।’ 

नगरको विकास र कार्यसम्पादनको मुख्य मेरुदण्ड कर्मचारीहरु रहेको बताउँदै उनले जनताको सेवामा समर्पित भएर अघि बढ्न कर्मचारीलाई आग्रह गरे । उपप्रमुख बालकुमारी थापाले कर्मचारीहरुलाई आचारसंहिता पूर्ण रुपमा पालना गर्दै अघि बढ्न अनुरोध गरिन् । उनले कर्मचारीहरुलाई उच्च मनोबलका साथ काम गर्न आग्रह गरिन । निमित्त प्रमुख प्रशासकिय अधिकृत चेमन प्रकाश पोखरेलले अधिकारको कुरा गर्दै गर्दा कर्तव्यलाई भुल्न नहुने बताए । नगरपालिकामा कार्यरत कर्मचारी मध्ये ६६ प्रतिशत करार सेवाका कर्मचारी रहेको बताउँदै स्वमुल्याङ्कन गरेर कार्यसम्पादन गर्न अनुरोध गरे । कार्यक्रममा ५ का वडा अध्यक्ष दुर्गा प्रसाद पोखरेल, प्रशासन शाखा प्रमुख युवराज पन्थीले आ–आफ्ना धारणा राखेका थिए । 

नगर प्रमुख रमण बहादुर थापाको अध्यक्षता, उपप्रमुख बाल कुमारी थापाको स्वागत योजना शाखा प्रमुख विक्रम बस्नेतको सञ्चालनमा कार्यक्रम भएको थियो । यस्तै रामपुर नगरपालिकामा करार कर्मचारी मञ्च गठन भएको छ । मंगलबार बसेको कर्मचारीहरुको भेलाले कृष्ण बहादुर थापाको अध्यक्षतामा ११ सदस्य तदर्थ समिति गठन गरेको हो । समितिको उपाध्यक्ष सविता राना, सचिवमा गणेश प्रसाद रेग्मी, कोषाध्यक्षमा नारायण प्रसाद गैरे र सहसचिवमा शंकर कंडेललाई चयन गरेको छ ।  अन्यलाई सदस्यमा चयन गरेको छ । भेलाले बासुदेव ढकालको संयोजकत्वमा ५ सदस्य सल्लाहाकार समिति पनि गठन गरेको छ । समितिको सदस्यहरुमा दानबहादुर हिस्की, विष्णु माया अर्याल, महेन्द्र प्रसाद श्रेष्ठ र खिम कुमारी सुनार रहेका छन् ।

प्रकाशित मिति: बुधबार, साउन ९, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update