Shittalpati
पोखराको लागि उडेको विमान काठमाडौँमा दुर्घटना

काठमाडौँ, सौर्य एयरको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना भएको छ । विमान आज बिहान  काठमाडौँबाट पोखरातर्फ प्रस्थान गर्ने क्रममा विमानस्थलको धावनमार्गमा चिप्लिएर दुर्घटनामा परेको हो ।

विमानमा चालक दलका सदस्यसहित १९ जना यात्रु रहेको बुझिएको छ । दुर्घटनापछि अहिले उद्धार जारी छ । प्रारम्भिक जानकारीअनुसार अहिले अग्नि नियन्त्रकहरूले चार जनाको शव निकालेका छन् । विमानमा सवार अन्यको अवस्थाबारे आधिकारिक विवरण आउने क्रममा छ ।

प्रकाशित मिति: बुधबार, साउन ९, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update