Shittalpati
काठमाडौं जहाज दुर्घटना  : १८ जनाको मृत्यु, को–को परे ? (नामावलीसहित)

काठमाडौँ, काठमाडौँमा भएको जहाज दुर्घटनामा १८ जनाको मृत्यु भएको छ । बुधबार विहान सौर्य एयरलाइन्सको जहाज पोखरातर्फ प्रस्थान गर्ने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा चिप्लिएर दुर्घटना भएको हो ।

दुुर्घटनामा परी १८ जनाको मृत्युु भएको  खोज तथा उद्दार समन्वय केन्द्र  नागरिक उडड्यन प्राधिकरणले जनाएको छ । पाइलट मनिषरत्न शाक्यको भने  घाईते रहेका छन् ।  उनको काठमाडौंको सिनामंगलस्थित केएमसी अस्पतालमा उपचार भइरहेको बताइएको छ । जहाजमा १९ जना रहेका थिए ।

मृतक सबैजना सौर्य एयरलाइन्सका कर्मचारी हुन् । बुधबार करिब ११ : ११ बजे जहाज पोखरा उड्ने क्रममा रनवेबाट दुर्घटनामा परेको थियो । उड्नेबित्तिकै दाहिनेतिर मोडिन गई रनवेको पूर्वतिररहेको स्थानमा दुर्घटनाग्रस्त हुन पुुगेको  प्राधिकरणले जनाएको छ ।

जहाजमा रहेका व्यक्तिहरूको नामावली

 

प्रकाशित मिति: बुधबार, साउन ९, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update