Shittalpati
लुम्बिनी सरकार  :  पाल्पाका खेम सारु बने मन्त्री, मुख्यमन्त्रीसहित आठ मन्त्रीले लिए शपथ

लुम्बिनी,पाल्पा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ प्रदेशसभा (२) बाट निर्वाचित सांसद खेम सारु लुम्बिनी प्रदेशमा मन्त्री बनेका छन् । काँग्रेस–एमाले मिलेर बनेको नयाँ गठबन्धनको सरकारमा सारु मन्त्री बनेका हुन् ।

नवनियुक्त मुख्यमन्त्री चेतनारायण आचार्यको नेतृत्वमा बनेको सरकारमा उनी एमालेबाट मन्त्री बनेका छन् । बुधबार सारुले पद तथा गोपनीयताको शपथ समेत लिएका छन् । शिक्षा क्षेत्रबाट राजनीतिमा प्रवेश गरेका सारु छोटो समयमै सांसद हुुँदै मन्त्री बन्न सफल भएका हुन् । पहिलेदेखि नै उनी विभिन्न सामाजिक क्षेत्रमा क्रियाशिल रहेका थिए । शिक्षा र सामाजिक क्षेत्रमा सक्रिय रहेकै कारण सारुले राजनीतिमा समेत छोटो अविधिमै फड्को मार्न सफल भएका हुन् । बौद्धिक र क्रियाटिप क्षमता भएका उनमा सबै क्षेत्रका  व्यक्तिहरुसँग मिल्न सक्ने खुुबी समेत छ । सारुलाई अहिले विनाविभागीय मन्त्रीको जिम्मेवारी दिइएको छ । 

सारुले नवनियुक्त मुख्यमन्त्री आचार्यसहित आठ मन्त्रीसँग पद तथा गोपनीयताको शपथ लिएका छन् । मुख्यमन्त्रीलाई प्रदेश प्रमुख अमिक शेरचनले सोमबार नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । नवनियुक्त मुख्यमन्त्री आचार्यलाई प्रदेश प्रमुख शेरचनले संविधानको धारा १७२ बमोजिम पद तथा गोपनीयताको शपथ गराएका हुन्  । लुम्बिनी प्रदेशको छैटौँ मुख्यमन्त्री बनेका आचार्यलाई नेपाल कम्युनिष्ट पार्टी (एमाले)का २९ र नेपाली काँग्रेसका २७ सहित ५६ प्रदेशसभा सदस्यको समर्थन छ । संविधान धारा १६८ को उपधारा ९ बमोजिम बुधबार मुख्यमन्त्री आचार्यको सिफारिसमा नियुक्त आठ जना बिनाविभागीय मन्त्रीहरूलाई प्रदेश प्रमुख शेरचनले पद तथा गोपनीयताको शपथ गराएका थिए ।

एमालेबाट चारजना र काँग्रेसबाट चारजना बिनाविभागीयमन्त्रीले सपथ लिएका हुन् ।  एमालेबाट सारुसहित भुमिश्वर ढकाल, दिनेश पन्थी, सीता शर्मा र काँंग्रेसबाट सरोज थापा, धनेन्द्र कार्की, बादशाह कुर्मी र प्रचण्डविक्रम न्यौपानेले  बिनाविभागीय मन्त्रीको शपथ लिएका हुन् । नवनियुक्त मन्त्रीहरूको दुवै दलबीच सहमतिपछि मात्र विभागीय जिम्मेवारी तोकिने छ ।

प्रकाशित मिति: बुधबार, साउन ९, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update