Shittalpati
बेपत्ता पुरुष खोलामा मृत फेला

गुल्मी, जिल्लाको निस्ती खोलाले बगाएर बेपत्ता भएका पुरुष मृत फेला परेका छन् । जिल्लाको मुसिकोट नगरपालिका –२ का ३१ वर्षीय बोमबहादुर कार्की मुसिकोट –४ दोभानस्थित छल्दी खोला किनारमा मृत फेला परेका हुन् ।

उनी निस्ती खोला तर्ने क्रममा साउन ५ गते बेपत्ता भएका थिए । कार्की इस्मा गाउँपालिका –१ स्थित खेतबाट फर्किएर खोला तर्ने क्रममा बेपत्ता भएका थिए । उनको नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले खोज्ने क्रममा खोला किनारमा शव फेला पारिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक (डिएसपी) शंकर पोखरेलले बताए । उनी मुसिकोट नगरपालिका वडानम्बर–१ अरेवा घर भई हाल वडा नम्बर–२ निस्तीस्थित मामाघरमा बस्दै आएका थिए । शवको पोष्टमार्टमपछि आफन्तको जिम्मा लगाइएको छ ।

प्रकाशित मिति: शुक्रबार, साउन ११, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update