Shittalpati
आज हेपाटाइटिस दिवस मनाइँदै

पाल्पा, आज विश्व हेपाटाइटिस विरुद्धको दिवस नेपालसहित विश्वभर विभिन्न चेतनामुलक कार्यक्रमको आयोजना गरी मनाइँदैछ । हेपाटाइटिस बी भाइरस पत्ता लगाएका प्राध्यापक बारुख सामुएल ब्लुमवर्गको जन्मदिन २८ जुलाईमा हरेक वर्ष विश्वभर हेपाटाइटिस दिवस मनाउने गरिन्छ ।

यो दिवस सन् २००८ देखि हरेक वर्ष २८ जुलाईका दिन विश्व भर थालिएको थियो । नेपालमा भने सन् २०१० को जुलाई २८ देखि मात्र मनाउन थालिएको हो । प्रा. ब्लुमवर्गको सम्झना र भाइरल हेपाटाइटिसबाट हुने स्वास्थ्य समस्याबारे बझ्नु–बुझाउनु यो दिवसको मूल उद्देश्य हो । तर अmझै पनि धेरै नागरिकहरु यो रोगबारे अनविज्ञ छन् । नेपालमा हेपाटाइटिस लागेका आधाभन्दा बढी व्यक्तिलाई आफू संक्रमित भएको हेक्का नै छैन । कुनै कारणवश रगत परीक्षण गर्दा हेपाटाइटिस लागेको थाहा भइहाले पनि समाजमा व्याप्त नकारात्मक दृष्टिकोणले गर्दा धेरै बिरामी आफ्नो रोग लुकाउन बाध्य छन् । हेपाटाइटिस रोग बारेको चेतना, यसको परीक्षण र उपचारमा सबैको पहुँच पुर्‍याउनु पर्नेमा दिवसले जोड दिएको छ । हेपाटाइटिस भाइरसद्वारा हुने सरुवा रोग हो । भाइरसको संक्रमणका कारण मानिसको कलेजोमा असर पुगी सुन्निनु वा काम गर्न नसक्ने अवस्थामा पुग्नु नै हेपाटाइटिस हो । हालसम्म यसका ए, बी, सी, डी र ई गरी ५ किसिमका भाइरसहरु रहेको पाईएको छ ।

विभिन्न किसिमका संक्रमण, असुरक्षित यौन सम्पर्क, संक्रमित आमाबाट जन्मिएको शिशुमा र सिरिन्जबाट लागु पदार्थ लिनेहरुलाई हेपाईटिस रोग लाग्ने गर्दछ । विश्वका ४० करोड मानिसमा विभिन्न किसिमका हेपाटाइटिसको संक्रमण रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । जसमध्ये करीब ३ लाख ८० हजार नेपाली छन् । संसारभर १४ लाख मानिसको प्रत्येक वर्ष विभिन्न किसिमका हेपाटाइटिसका कारण मृत्यु हुने गरेको छ ।

प्रकाशित मिति: आइतबार, साउन १३, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update