Shittalpati
६५ अर्ब २२ करोडको चिनीया सामान आयात

पाल्पा,नेपालमा निर्यात भन्दा आयात बढी हुने गरेको  छ । खाद्यान्नदेखि तत्ता कपडासम्मका सामान आयात हुने गरेको छ ।

गत आर्थिक वर्षमाचिनबाट मात्र  ६५ अर्ब २२ करोड ६३ लाख बराबरको  सामग्री नेपाल आयात गरिएको छ । यो रसुवागढी नाकाबाट भित्रिएको तथ्याङ्क मात्र हो । आयात गरिएका सामग्रीमा इन्धन एवं विद्युतीय सवारीसाधन, तयारी कपडा, रवर, जुत्ता, चप्पल, हाते झोला, होजियारी कपडा, जुत्ता तयार गर्ने सामग्री, स्याउ, लसुन ओखरलगायतका छन् । गत आवमा  सात हजार तीन सय ७७ चिनियाँ सवारीसाधन आयात भएका थिए । सोमध्ये तीन सय ४५ इन्धनबाट चल्ने र सात हजार ३२ वटा भने विद्युतीय सवारीसाधन रहेको पाइन्छ । गत वर्ष आयात भएका सवारीसाधनको मूल्य  १९ अर्ब ५७ करोड ४५ लाख रहेको भन्सार विभागले जनाएको छ । 

आव २०७९/८० मा एक हजार सात सय मात्र सवारीसाधन आयात भएका थिए । निर्याततर्फ भने  एक अर्ब ९६ करोड १८ लाख बराबरको तामाका भाँडाकुँडा, गलैँचा, चाउचाउ, नुड्लर्स, पास्ता, जडीबुटी, आल्मोनियमका भाँडाकुँडा, पछ्यौरा, सल, दोसल्ला, बुक व्यान्डिङका कपडा, तयारी कपडासमेत  एक अर्ब ९६ करोड १८ लाख बराबरका सामग्री रहेका छन् ।     

प्रकाशित मिति: आइतबार, साउन १३, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update