Shittalpati
दश जनामा हैजा संक्रमण

पाल्पा, पछिल्लो केही दिन यता देशका विभिन्न जिल्लाहरुमा हैजा संक्रमणका विरामीहरु देखिन थालेका छन् । बर्खा लागेसँगै हैजाका विरामी देखिन थालेका हुन् ।

अहिले नेपालको ललितपुर र कैलाली जिल्लामा हैजा संक्रमित रहेको पुष्टि भएको छ । स्वास्थ्य सेवा विभागअन्तर्गतको ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा  (ईडिसिडी)का अनुसार हालसम्म १० यी दुुई जिल्लामा १० जनामा हैजा संक्रमण पुष्टि भएको छ । ललितपुरमा सात र कैलालीमा तीन जनामा हैजा पुष्टि भएको महाशाखाले जनाएको छ ।    

हैजा विशेषगरी ‘भिब्रियो कोलेरी’ प्रजातिको जीवाणुबाट मानिसमा लाग्ने अति संक्रामक झाडापखालासम्बन्धी रोग हो । सरसफाइ तथा स्वच्छ खानेपानीको कमीले यो रोग फैलिने गर्दछ । हैजा सङ्क्रमण भएको एक दिनभन्दा कम समयदेखि पाँच दिनसम्म लक्षणहरु देखा पर्छन् । हैजा सङ्क्रमण भयो र उपचार पाएन भने केही घण्टामै सङ्क्रमितको मृत्यु पनि हुनसक्ने  चिकित्सकहरु बताउँछन् । 

प्रकाशित मिति: आइतबार, साउन १३, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update