बिमला पाण्डे
कताकता जमिन गल्दै छ देश ढल्दै छ ,
अनि कलिला युवाको आक्रोस जल्दै छ ।
सोचाई फरक, रोजाई पनि फरक ,
सत्तामा पुगेकाको आफ्नै तडक भडक ॥
लाग्छ कुनै जन्जिर भित्र बाँधिएको कैदी हुँ,
बाहिर निस्कन पाए केहि सपना पुरा गर्थे ।
म पनि अवस्थाको घरमा पैसाको विउ छर्थे ,
लड्दै उढ्दै ठक्कर खाँदै चिन्तामा केहि गर्थे ॥
डिग्रीको कागज बाकसमा गर्दै छ,
जिवन सपना विना कसरी चल्दै छ ।
सोच्दै छु कसरी भन्नु देश ढल्दै छ ,
हेर्दै छु कसरी भन्नु देश ढल्दै छ ॥
नागरिकता सँग पासपोर्ट पनि बन्छ,
देशप्रिय बन्न नपाउदै परदेशले आईजा भन्छ ।
घरको आशाको दियो कसरी रङ भरू म ,
आट आउँछ केहि गर्ने सुरू कताबाट गरू म ॥
खाली खाली लाग्दैछ जिवन हुदैछ बस रित्तो ,
विदेश किन्न राखेको छु आमाको तिलँहरी धितो ।
बा कहिले थाक्न जानेन्न आमा कहिले हाँस्न ,
यिनै अनुहारमा मुस्कान देख्न आशा लागेको हो बाच्न ॥