Shittalpati
डा. मुकुल ढकालद्वारा निर्वाचन आयोगमा निवेदन

काठमाडौँ, डा. मुकुल ढकालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा]) को महामन्त्री एवं प्रवक्ता र केन्द्रीय सदस्यबाट आफुलाई पदमुक्त गरिनु अवैधानिक भएको दाबी गर्दै निर्वाचन आयोगमा निवेदन दिएका छन् ।
      
उनले आज आयोगमा निवेदन दर्ता गराएका हुन् । आयोगका सूचना अधिकारी सुमन घिमिरेले डा. ढकालको निवेदन आयोगमा दर्ता भएको जानकारी दिए । डा. ढकालले पार्टीले आफूलाई पदमुक्त गर्ने निर्णय अवैधानिक भएको र रास्वपाका कुनै पनि निर्णय सदर नगर्न आग्रह गर्र्दै आयोगमा निवेदन दिएको  बताए । उनले अहिलेसम्म आफू पदमुक्त भएको आधिकारिक पत्र पार्टीबाट प्राप्त नगरेकोसमेत प्रतिक्रिया दिए ।
      
‘संविधानको धारा २६९ ९४० र राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा १८९२० अनुसार मलाई पार्टीले गरेको कारबाही अवैधानिक छ । कारबाही अवैधानिक भएकाले मेरो हस्ताक्षरबिना पार्र्टीका निर्णय अद्यावधिक गर्न आए नगर्नु त्यो अवैधानिक छ भनेर निवेदन दिएको छु’, उनले भने ।
      
रास्वपाको केन्द्रीय समितिको बैठकले गत असार २५ गते डा ढकाललाई पार्टी अनुशासनविपरीत अभद्र र पार्टीहितविपरीत अराजनीतिक व्यवहार प्रदर्शन गरेको भन्दै पदमुक्त गरेको थियो ।

प्रकाशित मिति: आइतबार, साउन १३, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update