Shittalpati
नेप्से घट्यो, कारोबार रकम बढ्यो

पाल्पा, सेयर कारोबार मापक नेप्से परिसूचक कारोबारको दोस्रो दिन घटेको छ । अघिल्लो दिन  आइतबार ११३ अंकले बढेको नेप्से सोमबार २० दशमलव ४६ अंकले घटेर बन्द भएको हो ।

घटेको नेप्से २ हजार ६ सय ६१ द्यशमलव ९ विन्दुमा सीमित भएको छ । आइतबार दुई पटक सर्किट ब्रेकरमार्फत ६० मिनेट बन्द भएर खुलेको सेयर बजारमा नेप्से परिसुचक १ सय १३ दशमलव ४२ अंकले बढेको थियो ।

अघिल्लो कारोबार तुलनामा नेप्से घटे पनि  कारोबार रकम भने आइतबारको तुलनामा वृद्धि भएको छ । यसदिन ३ सय २५ स्क्रिप्सको ४ करोड ७७ लाख ९० हजार ८ सय ३७ कित्ता सेयर १९ अर्ब ६० करोड ९१ लाख ७७ हजार १ सय ६ रुपैयाँमा खरिदबिक्री भए। आइतबार १५ अर्ब ८१ करोडको सेयर कारोबार भएको थियो । २० दशमलव ४६ अंकले घटेको सेयर बजारमा कुनै पनि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएन । नेपाल फाइनान्सको सेयर सर्वाधिक ९.७७ प्रतिशतले बढ्यो । मन्दाकिनी हाइड्रोपावरको ८ दशमलव ५८,बराही हाइड्रोपावर पब्लिकको ८ दशमलव १६,जानकाी फाइनान्सको ६ दशमलव ८० र गणपति लघुवित्त वित्तीय संस्थाको सेयर ६ दशमलव ५६ प्रतिशतले बढ्यो । आरम्भ चौतारी लघु्वित्त वित्तीय संस्थाका लगानीकर्ताले भने  गुमाए । सो कम्पनीको सेयर ८ दशमलव ३५ प्रतिशतले घट्यो । कारोबार रकमका आधारमा शिवम् सिमेन्ट शीर्षस्थानमा रह्यो । सो कम्पनीको ६१ करोड १२ लाख मूल्य बराबरको सेयर कारोबार भयो ।

कुमारी बैंकको ५५ करोड, नेपाल इन्भेष्टमेन्ट मेघा बैंकको ३९ करोड,प्रभु बैंकको ३८ करोड र नेपाल फाइनान्सको ३६ करोड मूल्य बराबरको सेयर कारोबार भयो । दुईवटा समूहको उपसूचकबाहेक अन्यको उपसूचक नकारात्मक देखिएका छन् ।  फाइनान्स र हाइड्रोपावर समूहको उपसूचकबाहेक अन्यको उपसूचक घटेको हो।यसदिन ट्रेडिङ समूहको उपसूचक सर्वाधिक ४.५४ प्रतिशतले घट्यो ।

प्रकाशित मिति: सोमबार, साउन १४, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update