Shittalpati
छुुट्टाछुुट्टै  सवारी दुुर्घटनामा तीन जनाको मृत्यु

पाल्पा, देशका विभिन्न स्थानमा भएका  छुुट्टाछुुट्टै  सवारी दुुर्घटनामा तीन जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार धनकुटा, कञ्चनपुर, मोरङमा भएका छुुट्टाछुुट्टै सवारी दुुर्घटनामा तीन जनाको मृत्यु भएको हो ।

धनकुटा नगरपालिका–३ निगालेस्थित सडकमा प्रदेश १–०४–००१ च १३३६ नम्बरको पिकअप र प्रदेश १–०२–०५३ प ३१६८ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकलमा सवार मोरङ सुन्दरहरैचा नगरपालिका–२ बस्ने ३२ वर्षीय सुमन सुवेदीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । यस्तै  कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ चीनी मिलस्थित सडकमा सु.प.प्र.०१–००९ प ३७७७ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही नगरपालिका–६ सिंहपुर बस्ने ५६ वर्षीय हेमराज चौधरीको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको सेती प्रादेशिक अस्पताल धनगढी कैलालीमा थप उपचारको क्रममा मृत्यु भएको हो । यस्तै मोरङ, उर्लाबारी नगरपालिका–९ खोपिडाँडास्थित सडकमा बोर्डर लाईनबाट आमबाडीतर्फ आउँदै गरेको मे.९ प ५५७५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई  दुर्घटना हुँदा मोटरसाइकलमा सवार झापा दमक नगरपालिका–१० बस्ने २२ वर्षीय धनराज रिजालको मृत्यु भएको छ ।

प्रकाशित मिति: सोमबार, साउन १४, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update