Shittalpati
आज अन्तर्राष्ट्रिय मित्रता दिवस मनाइँदै

पाल्पा, आज अन्तर्राष्ट्रिय मित्रता दिवस विश्वभरी मनाइँदै छ । संयुक्त राष्ट्र संघले ३० जुलाईलाई अन्तर्राष्ट्रिय मित्रता दिवसको रूपमा आधिकारिक मान्यता दिएपछि हरेक वर्ष यो दिवस मनाउने गरिएको हो ।

मित्र र मित्रताप्रति समर्पित हुने यो दिवस अमेरिकामा सन् १९३५ देखि मनाउन शुरु गरिएको हो तर अहिले आएर यो विश्वभरि नै मनाउने गरिन्छ । यो दिवसलाई संयुक्त राष्ट्र संघले अन्तर्राष्ट्रिय मित्रता दिवसको रुपमा मान्यता दिईसकेको छ । पछिल्लो केहि बर्ष यता नेपालमा पनि साथीभाईसँग भेटघाट तथा शुभकामना आदानप्रदान गर्दै यो दिवस मनाउने क्रम बढ्दै गएको छ । अहिलेको व्यस्त जीवनमा मानसिक तनाव र समस्याबाट छुटकारा पाउन मित्रतारुप औषधिले शान्ति प्रदान गर्दछ । यस कारण संसारमा सायदै यस्तो होला जसको कोहि मित्र नहोस् र कहिले मित्रता नगरेको होस् यो दिवसको प्रमुख उद्देश्य भनेको पनि साथीहरुसँग सम्बन्ध मजबुद बनाउनु र मानसिक तनावबाट छुटकारा पाउनु हो । मित्रता दिवस अर्थात् फ्रेन्डशिप डे हलमार्क कार्डसका संस्थापक जोयस हलले शुरू गरेका हुन् । उनले नै पहिलो पटक सन् १९३० को अगस्ट २ मा फ्रेन्डशिप डे मनाउने आइडिया निकालेका थिए, तर ग्रीटिङ कार्डस इन्डष्ट्रीले व्यापारिक फाइदाका लागि यो अवधारणा ल्याएको भनेर आलोचना पनि गरिएको थियो ।

वल्र्ड फ्रेन्डशिप क्रुसेड नामक संस्थाले त्यही मितिमा फ्रेन्डशिप डे मनाउने प्रस्ताव गरेको थियो । वल्र्ड फ्रेन्डशिप क्रुसेड एक विश्वव्यापी नागरिक संगठन हो र यसले मित्रताका माध्यमले संसारमा शान्तिको वकालत गर्ने गरेको छ । संयुक्त राष्ट्रसंघको महासभाले सन् २०११ मा ३० जुलाईलाई फ्रेन्डशिप डेका रूपमा मनाइने घोषणा गरेको थियो । त्यसपछि फ्रेन्डशिप डेलाई आधिकारिक मान्यता दिइयो । 

प्रकाशित मिति: मंगलबार, साउन १५, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update