Shittalpati
नेप्से दोहोरो अंकले बढ्यो

पाल्पा, साताको सेयर कारोबारको तेस्रो दिन नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ । अघिल्लो कारोबार दिन सोमबार २० अंकले करेक्सन आएको बजारमा मंगलबार ३५ दशमलव ५५ अंकले बढेर परिसूचक २ हजार ६ सय ९६ दशमलव ६५ विन्दुमा पुगेको हो ।

नेप्से बढे पनि कारोबार रकम भने सोमबारको तुलनामा घटेको छ । यसदिन ४ करोड ३ लाख ७१ हजार ७७८ कित्ता सेयर किनबेच हुँदा १७ अर्ब २६ करोड ६३ लाख ९१ हजार रुपैयाँको कारोबार भएको छ । सबैभन्दा बढी होटल तथा पर्यटन उपसमहु ३९८.१७ अकंले बढ्यो । फाइनान्स १८३.३०, विकास बैंक १२४.०५ र हाइड्रोपावर १००.०६ अंकले बढ्यो । बैंकिङ, म्युचअल फन्ड, निर्जीवन बीमा र व्यापार उपसमूह घट्यो ।कुल १८९ कम्पनीको सेयर मूल्य बढ्यो भने ४७ कम्पनीको मूल्य घट्यो । ६ कम्पनीको सेयर मूल्य स्थिर रह्यो । प्रोग्रेसिभ फाइनान्स लिमिटेड, बरुण हाइड्रोपावर, साञ्जेन जलविद्युत् कम्पनी र नेपाल वेयरहाउजिङ कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढ्यो । एसियन हाइड्रोपावर कम्पनीको मूल्य १० प्रतिशतले घट्यो । कारोबार र रकमको आधारमा हिमालयन रिइन्स्योरेन्स, शिवम् सिमेन्ट, सोल्टी होटल अघि रह्यो । हिमालयन रिइन्स्योरेन्सको ६० करोड १० लाख रुपैयाँको सेयर किनबेच भयो । शिवम् सिमेन्टको ३७ करोड ६७ लाख र सोल्टी होटलको ३६ करोड ४३ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

चार समूहको उपसूचकबाहेक अन्यको  सूचक सकारात्मक देखिएका छन् । बैंकिङ,म्युचुअल फण्ड,नन लाइफ इन्स्योरेन्स र ट्रेडिङ समूहको उपसूचकबाहेक अन्यको उपसूचक सकारात्मक देखिएका हुन् । यसदिन फाइनान्स र होटल एण्ड टुरिजम समूहको उपसूचक ५ प्रतिशत बढिले वृद्धि भयो । कारोबारमा आएका १ सय ८९ स्टकको मूल्य बढ्दा ४७ वटाको घट्यो भने ६ वटाको मूल्य स्थिर रह्यो ।

 

प्रकाशित मिति: मंगलबार, साउन १५, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update