Shittalpati
खिर खाएर मनाइयो साउने  पन्ध्र

पाल्पा, यस वर्षको साउन पन्ध्र  पाल्पासहित देशैभर घर–घरमा खिर खाएर मनाइएको छ । नेपाली समाजमा परापूर्वकालदेखि मनाउँदै आएको सांस्कृतिक पर्व साउन पन्ध्र मंगलबार घर–घरमा खिर खाएर मनाइएको हो ।  

 वर्षा ऋतुका बेला असार १५ गते दही च्युरा र साउन १५ मा खिर खाने प्राचीन कालदेखिको परम्परा नेपाली समाजमा रहँदै आएको छ । साउने झरी पर्ने बेलामा तातो खिरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खाने गरिएको हो । दूधमा मरमसलालगायत चीजबिज हालेर बनाइने खिरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यसको परम्परा बसेको विश्वास गरिन्छ ।

संस्कृत भाषामा पायस भनिने खिर सात्विक आहारमध्येमा उत्तम मानिने भएकाले पितृ एवं देव कार्यमा पनि महत्वपूर्ण खानेकुराका रुपमा वैदिक शास्त्रमा वर्णन गरिएको छ । साउन १५ को अवसरमा खिर खाने, साथीभाइसँग भेटघाट गर्ने गरिन्छ ।

प्रकाशित मिति: मंगलबार, साउन १५, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update