Shittalpati
ट्रकको ठक्करबाट एकको मृत्यु

दाङ, दाङको देउखुरीमा ट्रकको ठक्करबाट एक व्यक्तिको मृत्युु भएको छ । मंगलबार पश्चिमबाट पूर्वतर्फ गइहेको सु. प. प्र ००१ ख २७७९ नम्बरको ट्रकले लमही– भालुवाङ सडक खण्डको भालुवाङमा ठक्कर दिँदा एक जना व्यवसायीको मृत्युु भएको हो ।

मृत्युु हुुनेमा राप्ती गाउँपालिका– १ भालुवाङका ५० वर्षिय लोकप्रसाद भट्टराई रहेका छन् । उनलाई बाटो क्रस गर्ने क्रममा ट्रकले ठक्कर दिएको थियो । ठक्करबाट उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुवाङले जनाएको छ । ठक्कर दिने गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको विषयमा थप अनुुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, साउन १५, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update