Shittalpati
प्रदेश प्रमुखले लिए शपथ

पाल्पा, तीन प्रदेशका नवनियुक्त प्रदेश प्रमुखहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् ।  बिहीबार शितल निवासमा प्रदेश प्रमुखहरूले शपथ लिएका हुन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले लुम्बिनीका प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगर, बाग्मतीका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा र कर्णालीका प्रदेश प्रमुख यज्ञराज जोशीलाई शपथ गराएका हुन् । शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव,प्रधानमन्त्री केपी शर्मा ओली, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे,राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल लगायतको उपस्थिति रहेको थियो । केन्द्रमा सत्ता समीकरण फेरिएसँगै बाग्मतीका प्रदेश प्रमुख यादवचन्द्र शर्मा,लुम्बिनीका अमिक शेरचन र कर्णालीका तिलक परियारलाई पदमुक्त गरी सरकारले नयाँ प्रदेश प्रमुख नियुक्त गरी राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । मन्त्रिपरिषद्को साउन १४ मा बसेको बैठकले सिफारिस गरेअनुसार राष्ट्रपति पौडेलले बुधबार तीनै जनालाई प्रदेश प्रमुखमा नियुक्त गरेका थिए ।

 

प्रकाशित मिति: बिहीबार, साउन १७, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update