अरिगांलले टोकेर गुल्मीमा एकको मृत्यु
गुल्मी, अरिगांलको गोलोमा आगो लगाउनेक्रममा अरिगालले टोक्दा गुल्मीमा एक जनाको मृत्युु भएको छ । रूरूक्षेत्र गाउँपालिका वडा नम्बर – २ ग्वादीको यादुङमा रुखमा रहेको अरिगांलको गोलोमा आगो लगाउने क्रममा सोही गाउँका ३५ वर्षीय हरि कुँवरको मृत्यु भएको हो ।
उनको उपचारको क्रममा तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रामकुमार केसीले जानकारी दिए ।
बिहीबार साँझ आफ्नै बारीको छेउमा रहेको सालको रुखमा अरिङ्गाल पोल्ने क्रममा अरिङ्गालले शरीरको विभिन्न भागमा टोकेर कुँवर घाईते भएका थिए । घाइते उनलाई परिवारले उपचारका लागि बिहिवार नै मिसन अस्पताल पाल्पा लगेकोमा शुक्रवार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, साउन १८, २०८१
प्रतिक्रिया दिनुहोस्