Shittalpati
उज्वेकिस्तान 'ए'लाई हराउँदै नेपालले जित्यो काभा महिला बिच भलिबलको उपाधि

पाल्पा, काभा महिला बिच भलिबलको उपाधि नेपालले जितेको छ । भुटानको थिम्पुमा भएको फाइनल खेलमा नेपालका कमला पुन र मनीषा चौधरीको जोडीले उज्वेकिस्तान 'ए' टिमलाई २–० को सेटमा पराजित गर्दै उपाधि जितेको हो ।

नेपालले उज्वेकिस्तान 'ए' लाई २१–१७, २१–१४ ले पराजित गर्‍याे । नेपालले सबै पाँच खेलमा अपराजित रहँदै उपाधि जितेको हो । यस्तै पुरुषतर्फ नेपाल दोस्रो भएको छ । नेपालको मानबहादुर श्रेष्ठ र दिलबहादुर सुनारको जोडी फाइनलमा माल्दिभ्सको जोडीसँग २–० को सेटमा पराजित भएर दोस्रो भएको हो । 

प्रकाशित मिति: शनिबार, साउन १९, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update