Shittalpati
 सञ्चारिका समूह पाल्पामा नयाँ नेतृत्व, अध्यक्षमा डोटेल 

पाल्पा, महिला पत्रकारहरुको साझा संस्था सञ्चारिका समूह नेपाल पाल्पामा नयाँ नेतृत्व चयन भएको छ । जिल्लामा क्रियाशिल महिला पत्रकारको तानसेनमा भएको भेलाले पत्रकार सीता डोटेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । 

लामो समय पाल्पाको रामपुरमा रहेर सक्रिय पत्रकारिता गर्दै आएकी डोटेल यस अघि समूहको महासचिव थिइन् । उनले विशेष गरी ग्रामीण क्षेत्रका महिलाहरुका मुद्धाहरुमा कलम चलाउदै आएकी छन् ।  अध्यक्षमा चयन भएसँगै पत्रकार डोटेलले सञ्चार माध्यममा महिलाका मुद्दालाई सम्बोधन गराई समतामूलक समाज निर्माणमा सक्रिय भएर लाग्ने प्रतिवद्धता व्यक्त गरेकी छन् ।  

 भेलाले समूहको उपाध्यक्षमा गुणवती के.सी.,महासचिवमा रिमा सोमै, सचिवमा रुपा थापा, कोषाध्यक्षमा बबिता बिष्टलाई चयन गरेको छ । यस्तै सदस्यहरुमा प्रेरणा नेपाल, रमा भण्डारी, सिर्जना कार्की, मिना कुमाल, कुमारी सीता ज्ञवाली गौतम र पवित्रा पराजुली रहेको सञ्चारिका समूह लुम्बिनी प्रदेश सदस्य तथा निर्वाचन समिति संयोजक गीता ज्ञवालीले जानकारी दिइन् ।

भेलाले समूहको सल्लाहकार समेत चयन गरेको छ । जसमा लुम्बिनी प्रदेश सदस्य गीता ज्ञवाली, नेपाल  प्रेस युनियन  पाल्पाकी अध्यक्ष मन गहिरे र जमुना पाण्डेलाई चयन गरेको छ । यस अघि समूहको जिल्ला अध्यक्षमा विन्दु थापा निहारीका रहेकी थिइन । विविध कारणले उनले अध्यक्षबाट राजीनामा दिए पछि पुनः समिति चयन गरिएको थियो । सञ्चारिका समूह नेपाल लुम्बिनी प्रदेश समितिले गत महिना बसेको भेलाबाट पाल्पामा सस्थाको शाखा गठनका लागि प्रदेश सदस्य गीता ज्ञवाली, प्रेस युनियन पाल्पाका अध्यक्ष मन गहिरे र गुणवती केसी रहेको ३ सदस्यीय निर्वाचन समिति तोकेको थियो । 

प्रकाशित मिति: शनिबार, साउन १९, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update