Shittalpati
  काभा महिला भलिबल : भारतविरुद्ध नेपालको ऐतिहासिक जित

काठमाडौँ,  काभा महिला भलिबल नेसन्स लिगको उपाधि जित्ने लक्ष्यसहित मैदानमा उत्रिएको  नेपालको राष्ट्रिय महिला भलिबल टोलीले भारतविरुद्ध ऐतिहासिक जित हात पारेको छ । नेपालले शनिबार घरेलु मैदान काठमाडौंको त्रिपुरेश्वरस्थित कबर्ड हलमा भएको प्रतिस्पर्धामा ३–२ को सेटमा भारतलाई हराएउँदै ऐतिहासिक जित निकालेको हो ।

नेपाल र भारत बीचको अन्तिम सेट निकै प्रतिस्पर्धात्मक बनेको थियो । नेपालले पाँचौ सेटमा १५–१३ बनाएर जित आफ्नो पक्षमा पारेको हो । पहिलो सेट नेपालले सहजै २५–१८ ले सहजै आफ्नो पक्षमा पारेको थियो । दोस्रो सेट नेपालले १२–२५ ले सेट गुमायो । तेस्रो सेटमा भने नेपालले पहिलो सेटकै प्रदर्शनलाई निरन्तरता दिँदै २५–१७ ले सहजै जित निकाल्यो । प्रतिस्पर्धात्मक बनेको चौथो सेट नेपालले १८–२५ ले गुमाउन पुग्यो । पाँचौ सेटमा १५–१३ को जित निकाल्यो । यस जितसँगै नेपालको दुई खेलबाट ५ अंक पुगेको छ । तीन खेल खेलेको भारत ७ अंक जोडेर शीर्ष स्थानमा छ ।

भारतलाई नेपालले पहिलो पटक पराजित गरेको हो । नेपाल र भारतबीचको खेलले सन् २०१९ मा भएको १३ औं दक्षिण एसियाली खेलकुदको फाइनललाई बिर्साउँदै यस पटक सफलता हात पारेको हो । त्यतिबेला पनि भारतले अन्तिममा खेल जितेर नेपालबाट स्वर्णपदक खोसेको थियो । पहिलो दुई सेट जितेर स्वर्ण पदक नजिक पुगेको नेपाल अन्तिममा पराजित भएको थियो ।
 प्रतियोगितामा नेपालसँगै इरान, भारत, श्रीलंका र माल्दिभ्सले प्रतियोगिता भाग लिएका छन् । यस प्रतियोगितामा सबैभन्दा बलियो प्रतिद्वन्द्वी भारत हो । 

प्रकाशित मिति: शनिबार, साउन १९, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update