Shittalpati
गुल्मीमा लक्ष्यभन्दा बढी मुद्दा फस्र्यौट

गुल्मी, जिल्ला अदालत गुल्मीले आर्थिक वर्ष २०८०/०८१ मा लक्ष्यभन्दा बढी मुद्दा फस्र्यौट गरेको छ । अदालतले आर्थिक वर्ष २०८० को भदौदेखी २०८१ असार मसान्तसम्म ४ सय ८० थान मुद्दा फस्र्यौट गरेको हो  ।

उक्त वर्ष वार्षिक फस्र्यौट लक्ष्य ४ सय ५४ रहेकोमा ४ सय ८० वटा मुद्दा फस्र्यौट भएको अदालतका स्रेस्तेदार सुदर्शन खनालले बताए । उनका अनुसार लक्ष्य भन्दा २६ थान अर्थात् १०५ दशमलव ७२ प्रतिशत मुद्दा फस्र्यौट भएका हुन् । त्यसैगरी जिम्मेवारी सरी आएका मुद्दाको संख्या १ सय ३६ थान र ५ सय ३८ थान नयाँ मुद्दा दर्ता  हुन आई जम्मा ६ सय ७४ थान मुद्धाको लगत रहेकोमा गत वर्ष जिम्मेवार सरी आएका १ सय ३१ थान र अहिले दर्ता भएका मुद्दा मध्ये ३ सय ४९ थान मुद्दा फस्र्यौट भएका छन् । १ सय ९४ थान मुद्दा भने फस्र्यौट हुन बाँकी रहेका छन् ।

जसको फस्यौट प्रतिशत ७१ दशमलव १२ प्रतिशत रहेको छ । गत आर्थिक बर्षमा सबैभन्दा बढी मुद्दाको लगत ३ सय ८३ रहेको थियो । जसमध्ये ३ सय १० थान मुद्दा फस्र्यौट हुन गई ७३ थान मुद्दा बाँकी रहेको अदालतका स्रेस्तेदार खनालले बताए । त्यसैगरी पुरुषवादी भएका सम्बन्ध विच्छेद्का मुद्दा ६५ थान रहेकोमा ४३ थान मुद्दा फस्र्यौट भई २२ थान मुद्दा चालु अवस्थामा रहेका छन् । महिलावादी भएका सम्बन्ध विच्छेदका मुद्दा ३ सय १८ थान रहेकोमा २ सय ६७ थान मुद्दा फस्र्यौट भई ५१ थान मुद्दा चालु अवस्थामा रहेको अदालतका सूचना अधिकारी कमल पन्थीले बताए । जवरजस्ती करणी, हाड्नाताकरणी सम्बन्धी मुद्दा १८ थान रहेकोमा ८ थान मुद्दा फस्र्यौट भई १० थान मुद्दा चालु अवस्थामा  रहेका छन् । विशेष प्रकृतिका निवेदन अन्र्तगत मृत्युको न्यायिक घोषणा सम्बन्धी ३० थान लगत रहेकोमा २१ थान फस्र्यौट भई ९ थान बाँकी रहेका छन् । दर्ताद्वारा विवाह ११ थान दर्ता भई पुरै फस्र्यौट भएका छन् । अधिकृत वारेसनामा ४ थान दर्ता भई सबै फछ्यौट भएका छन् ।

थुनुवा मुद्दाको संख्या ५४ थान रहेकोमा ३८ थान फस्र्यौट भई १६ थान मुद्दा बाँकी रहेका छन् । यस बाहेक अभियोग पत्र दायर भई वयान तथा थुनछेक, म्याद थप, पक्राउ पुर्जि अनुमति लगायतका निवेदन दैनिक रुपमा ईजलास समक्ष पेस भई कार्य हुँदै आएको छ ।

प्रकाशित मिति: आइतबार, साउन २०, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update