कविता
विडम्बना
बिमला पाण्डे
सपनाको पछाडी भाग्दै गर्दा,सफलताको आशा
निरन्तर संघर्ष र प्रयास छ रहुन्जेल सास ।
धेरै कठिनाई, थोरै सफलता
उदास मन, रितियो गोजी झन्,
बद्लिदो परिवेश, जिवनका उपदेश
झुटो मुस्कानको साथमा, कयौं जिम्मेवारी काँधमा
हरायो खुसी हरायो मुस्कान भेटिदैन्
आफ्ना प्रति गरेको गुण कहिले मेटिदैन् ॥
सम्झने कुरा सम्झनामा छैन
विर्सिने कुरा यादमा गाडा रहन्छ,
सर्वश्रेष्ठ व्यक्ति त्यो हो जसले सबै कुरा सहन्छ ।
प्रकाशित मिति: आइतबार, साउन २०, २०८१
प्रतिक्रिया दिनुहोस्