यसपालि १२ कक्षाको नतिजामा ४७ प्रतिशत बढी विद्यार्थी अनुत्तीर्ण भएका छन् र ३ लाख ९० हजार ८ सय ६८ विद्यार्थीले परीक्षा दिएकोमा २ लाख ३ हजार ८ सय ४७ विद्यार्थीमात्रै सफल भएका छन् र यति धेरै विद्यार्थी फेल हुनुमा नतिजा प्रणालीमा समस्या हो कि शैक्षिक गुणस्तरको दोष हो ? यो विषयले यति बेला सर्वत्र चासो र चर्चा पाएको छ र एकले अर्कोलाई दोषारोपण गर्दै आफू चोखो बन्ने प्रवृत्ति पनि यत्रतत्र देख्न र सुन्न पाइन्छ र अस्ति भर्खर माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजाले नेपाली शिक्षा प्रणालीको पटाक्षेप गर्दै कमजोरी उदांगो पारेको थियो र आधाभन्दा बढी विद्यार्थी कक्षा ११ का लागि भर्ना हुन अयोग्य भएका थिए र अहिले कक्षा १२ को नतिजा पनि उस्तै उस्तै छ र नतिजा कमजोर आउनु अर्थात् १२ को नतिजामा ५२.९१ प्रतिशतमात्रै विद्यार्थी उत्तीर्ण हुनुले फेरि विद्यालय शिक्षाको ऐना देखाएको हो र त्यत्तिले विद्यार्थीको पूरै जिन्दगी असफल भएको त होइन र तर, विद्यालय तह पनि उत्तीर्ण नभएको व्यक्ति भोलिका दिनमा दक्ष जनशक्तिचाहिँ नबन्न पनि सक्छ र शिक्षितको संख्या यसै पनि कम हुने नै भयो र २०७९ र २०८० मा विद्यार्थी उत्तीर्णको तथ्यांकका आधारमा विश्लेषण गर्दा यस वर्षको नतिजामा भने सुधार आएको देखिन्छ र तर यो खुसी हुनलायक उपलब्धि भने होइन र किनकि, निरन्तर आधाजसो विद्यार्थी अनुत्तीर्ण भइरहेको यथार्थ सँगसँगै छ र विद्यार्थी अनुत्तीर्णको यस्ता तथ्यांक एकदमै चिन्ताजनक छ । यसप्रति सम्बन्धित निकाय तथा व्यक्तिहरूले जिम्मेवारी लिन जरुरी छ । आधा विद्यार्थी अनुत्तीर्ण हुनु भनेको आधा परिवार अनुत्तीर्ण हुनु हो । विद्यार्थी स्वयं र उनको परिवारको मनोबल कमजोर हुनु हो ।
शैक्षिक गुणस्तर सुधारका नाममा अनेकौं नाटक मञ्चनहरू गरिन्छन् त्यस्ता नाटकहरू व्यवहारतः परिणाममुखी नदेखिँदा एकले अर्कोलाई दोष थोपार्ने बाहेक अरु कुनै उल्लेख्य प्रगति भएको देखिँदैन र यो अत्यन्त दुखको कुरा हो र दोष जसले जसलाई दिए पनि विशेषतः राज्यको शिक्षा क्षेत्रमा दीर्घकालीन एवं स्पष्ट नीति नहुनु, वर्षैपिच्छे फरक–फरक नीति नियमहरुको अभ्यास गरिनु जस्ता सन्दर्भहरू यस पटकको नतिजामा देखिएका प्रत्यक्ष असरहरू हुन् र नतिजामा देखिने विशिष्ट कमजोरीलाई सुधार गर्दै जाने हो भने केही वर्षमै नतिजा राम्रो बन्दै जानेछ । तर हरेक वर्ष परीक्षाफल सार्वजनिक भएको साता कमजोरी सुधारका लागि बहस हुने तर केही समयपछि बिर्सिहाल्ने पुरातन प्रवृत्तिलाई जारी राख्ने हो भने नतिजामा कहिल्यै सुधार आउने छैन । यसर्थ यसतर्फ जिम्मेवार निकाय गम्भीर बन्न जरुरी छ ।