Shittalpati
पाल्पासहित देशभरका शिवालयमा घुइँचो

पाल्पा, साउनको तेस्रो सोमबार पाल्पासहित देशभरका शिवालयमा पूजाआजा गर्ने भक्तजनहरुको अत्याधिक घुइँचो लागेको छ । सोमबार बिहानैदेखि शिवालयमा पूजाआजा गर्ने दर्शनार्थीको घुइँचो देखिन्थ्यो । हिन्दु धर्म मान्ने महिलाहरुले साउने सोमबारलाई विशेष धार्मिक दिनका रुपमा लिने गरेका छन् ।

साउन महिना र सोमबार भगवान् शिवजीको महिना र बार भएकाले पनि यस अवसरमा शिवालय मन्दिरमा धेरै भक्तजनको घुइँचो लाग्ने गरेको छ । महिलाहरु निराहार ब्रत बसेर भगवान शिवको पूजा अराधना गर्ने गर्छन् । साउनको पहिलो सोमबारदेखि महिनाको हरेक सोमबार देशभरका शिवालय मन्दिरमा दर्शनार्थीको घुइँचो लाग्ने गरेको छ । साउने सोमबारको अवसरमा पाल्पाको सिद्धबाबा मन्दिर, तानसेनस्थित नारायणस्थान, भगवतीटोल, बराङ्दी लगायतका विभिन्न शिवालयमा पूजा आराधना गर्न हजारौं भक्तजनहरु घुइँचो लागेको पाइन्छ । साउन महिनाको सोमबारलाई भगवान शिवको प्रिय दिन मानिन्छ । महिलाहरुले विशेषगरी हरियो रंगका वस्त्र, चुरा र मेहंदी लगाएर भगवान् शिवको पूजा तथा आराधना गरी ब्रत बस्ने चलन रहँदै आएको छ । उक्त कार्य गर्नाले मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ । 

प्रकाशित मिति: मंगलबार, साउन २२, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update