Shittalpati
सुनको मूल्य तोलामा दुई हजार तीन सयले घट्यो

काठमाडौँ, सोमबार कीर्तिमान कायम गरेको सुनको मूल्य आज तोलामा  दुई हजार तीन सयले घटेको छ । सोमबार प्रतितोला  एक लाख ५० हजार कायम भई सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, छापावाला सुन आजका लागि प्रतितोला रुएक लाख ४७ हजार सात सय निर्धारण भएको छ ।

तेजाबी सुन प्रतितोला रु एक लाख ४७ हजार कायम भएको छ । सोमबार तेजाबी सुन प्रतितोला  एक लाख ४९ हजार पाँच सयमा कारोबार भएको थियो । चाँदीको मूल्य पनि तोलामा रु ६० ले घटेको छ । सोमबार चाँदी प्रतितोला एक हजार सात सय ८५ मा कारोबार भएकामा आजका लागि  एक हजार सात सय २५ निर्धारण भएको छ । 

प्रकाशित मिति: मंगलबार, साउन २२, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update