Shittalpati
आर्थिक अवस्था कमजोर भएका छात्राहरुको लागि अनुजा शाही स्मृति कोष स्थापना

 पाल्पा, सामुदायिक विद्यालयमा अध्यनरत छात्राहरुको पठन पाठनमा सहयोग गर्ने उद्देश्यले अनुजा शाही स्मृति कोष स्थापना गरिएको छ । तानसेन नगरपालिकाका निवर्तमान नगर प्रमुख अशोक कुमार शाहीले छोरी अनुजाको जन्मदिन पारेर स्मृति स्थापनाको कोष घोषणा गरेका हुन् ।

२०५० साल श्रावण २२ गते तानसेनमा जन्मिएकी अनुजाको ३० बर्षको कलिलो उमेरमा २०८० साल फागुन १८ गते अमेरिकामा उपचारको क्रममा मृत्यु भएको थियो । उनको कलिलै उमेरमा मृत्यु भएपनि अनुशासन लगनशिलता र सामाजिक क्षेत्रप्रति सद्भावलाई सधै जीवन्त राख्नको लागि घरपरिवारहरुको सरसल्लाहमा अनुजा शाही स्मृती कोष स्थापना गरिएको पिता अशोक कुमारले बताए । अहिले अनुजा शाही स्मृती कोषमा १० लाख राखेको र प्रत्येक बर्ष कोषमा रकम बढाउँदै लैजाने पिता शाहीले बताए । अनुजाको अनुशासन, लगनशिलता र सामाजिक सेवाप्रतिको उत्तरदायित्व सधैभरी जीवन्त राख्नको लागि कोष स्थापना गरिएको हो ।

 कोषबाट प्राप्त हुने अधिकाश रकम सामुदायिक विद्यालयमा अध्यनरत छात्राहरुको पठन–पाठनमा खर्च गरिने पिता शाहीले बताए । केही रकम अनुजाले अध्ययन गरेको विद्यालय सेन्ट कपितानियो स्कुलमा अध्यनरत आर्थिक अवस्था कमजोर भएका छात्राहरुको पठन–पाठनमा खर्च गरिने उनको भनाई छ । स्मृति कोष घोषणा कार्यक्रममा जिल्ला संमन्वय समितिका प्रमुख टंकनाथ खनाल, पूूर्व सांसद यावदबहादुर रायमाझी, त्रिभुवन बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख  टंक पन्थ, पत्रकार महासंघ पाल्पाका अध्यक्ष रेखीराम राना र सहायक क्याम्पस प्रमुख सन्तोष खनाल लगायतले अनुजाको अनुशासन तथा लगनशिलताका बारेमा चर्चा गर्दै अनुजाको भौतिक शरिर गुमे पनि स्मृति कोषमार्फत सधैभरी जीवन्त रहने उत्कृष्ट कार्य घरपरिवार बाट भएको बताए ।

प्रकाशित मिति: मंगलबार, साउन २२, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update