Shittalpati
मञ्जलीको ‘झिलझिल सितारा’ बजारमा

सुमन कार्की
पाल्पा, लोक गायिका मञ्जली बस्यालले झिलमिल सितारा बोलको तिज गित बजारमा ल्याएकी छन् । हिन्दुहरुको महान पर्व हरितालिका तिज नजिकिएसँगै बस्यालले उक्त गित बजारमा ल्याएकी हुन् ।

उनको यो छैठो गीति एल्वम हो । लाइभ दोहोरीमा अब्बल मानिने बस्यालको झिलझिल सितरा आफ्नै युटुबमामा हेर्न र सुन्न सकिन्छ । यो गितमा स्वर विशाल रायमाझी, मञ्जली बस्याल, सिमा नेपाली र रमेश सुनारको रहेको छ । गितमा विशाल रायमाझी लय शब्द तथा निर्देशन रहेका छन् । भिडियोमा एलिना रायमाझी, विशाल रायमाझी, सरोज प्रजा, अस्मिता रणपाल, सन्ध्या क्षेत्री, निरज थापाको नृत्य तथा अभिनय देख्न सकिन्छ । सुनिल परियारको एरेञ्जमा रहेको अडियोको भिडियो छायाँकन भने प्रकाश खड्काले गरेका हुन् । गत बर्ष सार्वजनिक गरिएको उनको तल्लाघरे भाइ तिजगीतलाई समेत दर्शक/स्रोताहरुले अध्याधिक रुचाएका थिए । स्याङ्जाको भिरकोट नगरपालिकामा जन्मिएकी बस्याल २०७४ देखि लोक साङ्गीतिक यात्रामा लागेकी हुन् । ८ बर्षको गायन यात्रामा उनको आवाजमा अन्य आधा दर्जन गीतहरु बजारमा आइसकेका छन् । बस्यालको पहिलो गीति संग्रह बारुले कम्मर भांँच मायाले रहेको छ ।

प्रकाशित मिति: बुधबार, साउन २३, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update