Shittalpati
नुवाकोट हेलिकप्टर दुर्घटना अपडेट  : पाँच जनाको मृत्यु

काठमाडौँ, नुवाकोटको शिवपुरीमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चार पुरुष र एक महिला रहेका छन् ।  

नुवाकोटका प्रहरी उपरीक्षक शान्तिराज कोइरालाका अनुसार शिवपुरी गाउँपालिका–७ शिवपुरी जङ्गलको सूर्यचौर क्षेत्रमा हेलिकप्टर दुर्घटना भएको हो । ‘घटनास्थलमा केही सुरक्षाकर्मी र स्थानीयवासी पुगेका छन् । उनीहरुले हेलिकप्टरमा लागेको आगो निभाइरहेका छन्’, उनले भने । दुर्घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको उनको भनाइ छ । 

प्रकाशित मिति: बुधबार, साउन २३, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update