Shittalpati
नुवाकोटमा हेलिकप्टर दुर्घटना

काठमाडौँ, नुवाकोटमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना भएको छ । काठमाडौंबाट स्याफ्रुबेंसी उडेको एयर डाइनेस्टीको ९ एनएजेडी कलसाइन भएको उक्त हेलिकप्टर बुधबार दिउँसो शिवपुरी–७ सूर्यचौर डाँडामा दुर्घटनामा परेको हो ।

हेलिकप्टर १ बजेर १४ मिनेटमा उडेको थियो । हेलिकप्टर क्याप्टेन अरुण मल्लले उडाएका थिए ।  ४ जना विदेशीलाई स्याफ्रुबेंसी छाडेर विदेशी नै लिएर काठमाडौं फर्किने तालिका रहेको थियो घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ ।

प्रकाशित मिति: बुधबार, साउन २३, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update