Shittalpati
तानसेनमा माओवादी निकट मगर राष्ट्रिय मुक्तिमोर्चाको भेला

पाल्पा, नेकपा (माओवादी केन्द्र) निकट मगर राष्ट्रिय मुक्तिमोर्चाको नगर भेला तानसेनमा भएको छ । मोर्चालाई थप सशक्त र बलियो बनाएर लैजाने उद्देश्यले तानसेन नगरको भेला भएको हो ।

भेलालाई नेकपा (माओवादी केन्द्र )का केन्द्रीय सदस्य अनिल किशोर घिमिरे, विशिष्ट अतिथि मगर राष्ट्रिय मुक्तिमोर्चाकी केन्द्रीय उपाध्यक्ष लिला सोमइ, तानसेन नगरपालिका उपप्रमुख प्रतीक्षा सिंजाली, नेकपा माओवादी केन्द्र पाल्पाका सचिव मथुरा ढकाल, नगर सचिव नवराज बस्याल लगायतले सम्बोधन गरेका थिए । सम्बोधन गर्दै उनीहरुले पार्टीलाई बलियो बनाएर लैजान मुक्तिमोर्चा थप चलायमान र क्रियाशिल भएर लाग्नुपर्नेमा जोड दिएका थिए ।

भेलाले भिमबहादुर बुचा मगरको अध्यक्षतामा २५ सदस्यीय नगर समिति गठन गरेको छ । जहरसिंह सारुको अध्यक्षता, हुमबहादुर बुचा मगरको सञ्चालनमा भेला भएको थियो ।

प्रकाशित मिति: बिहीबार, साउन २४, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update