Shittalpati
गीत संगीतमा चम्किएका श्रीकृष्ण

पाल्पा, गीत, संगीत क्षेत्रको चिरपरिचित नाम हो श्रीकृष्ण क्षेत्री (भण्डारी) । पाल्पाको तानसेन नगरपालिका–८ कार्कीडाँडामा बुवा तेजबहादुर भण्डारी र आमा चम्फा भण्डारीको सुपुत्रका रुपमा जन्मिएका क्षेत्रीलाई अत्यन्त कर्णप्रिय स्वरका रुपमा सबैले चिन्ने गर्दछन् । विशेषतः उनलाई संगीत क्षेत्रमा गायक तथा गीतका रचनाकारका रुपमा समेत चिन्ने गरिन्छ ।

गीत संगीतको क्षेत्रमा आफुलाई समर्पित गरेका उनले नेपाली गीत संस्कृतिलाई जीवन्त राख्न महत्वपूर्ण भूमिका खेलेका छन् । स्कूल पढ्दादेखि नै गीत गाउन रुची राख्ने क्षेत्री  पछिल्लो समय राष्ट्रिय, अन्तर्राष्ट्रिय रुपमै ख्याती कमाउन सफल भएका छन् । २०६० सालदेखि सांगीतिक क्षेत्रमा प्रवेश गरेका उनी दर्जानौं गीत निकालेर दर्शकहरुको मन मनमा बस्न सफल भएका छन् । सुरुका दिनहरुमा दोहोरी साँझमा गीत गाउनेदेखी मेला महोत्सवमा पुगेर दर्शकलाई मनोरञ्जन प्रदान गर्ने गथ्र्ये । त्यसका अलवा उनले नयाँ गीतमा संगीत भर्ने र स्टुडियोमा गीत गाउन समेत सुरु गरेका थिए । क्षेत्रीले लोक, आधुनिक जस्ता विधामा गीत गाउँदै आएका छन् ।

आँसुको छल्को नामक गीतबाट औपचारिक रुपमा गायक एवं संगीतकारको रुपमा आफ्नो पहिचान बनाएका क्षेत्रीका लोक दोहोरी गीतहरु रोधी घरमा, लाल्टिनै बालेर, पानी त्रिशुलीको, लेकैमा शिर, साईलीको भट्टी, मोबाईलको ब्याट्री लो भैसक्यो, आधुनिकतर्फ राम हो झुमा हो, मौसमले च्यालेञ्ज गर्यो लगायत आधा दर्जन सुगम संगीत गीतहरु चर्चामा रहन सफल भए । बहुप्रतिभाशाली व्यक्ति श्रीकृष्णले ३ दर्जन जती कलाकारहरुलाई सर्जकका रुपमा स्थापित बनाउन सफल समेत भएका छन् । उनले सयौं गीतहरुमा शब्द लेख्ने, संगीत भर्ने, स्वर दिने गरेका छन् भने केही गीतहरुमा अभिनय समेत गरेका छन् । सांगीतिक कार्यक्रमका लागि देशका प्रायः सबै जिल्लाको भ्रमण गरेका क्षेत्री विभिन्न देशमा समेत पुगेका छन् । अहिले  उनले महिलाहरुको महान पर्व हरितालिका तीजलाई लक्षित गरी केही गीतहरु र अन्य गीत गरेर आधा दर्जन भन्दा बढी गीतहरु बजारमा ल्याउन लागेको एनजेडीसँग बताएका छन् । उनको घरमा पहिला देखी नै सांगीतिक माहोल रहेको थियो ।

त्यसैले गर्दा उनलाई सांगीतिक क्षेत्रमा परिवारबाट पुर्ण साथ सपोर्ट रहेको बताउँछन् । सांगीतिक रुपमा अगाडि बढ्न अहिलेको जस्तो सामाजिक सञ्जाल र डिजिटल प्रविधी नहुँदा पनि उनी संर्घष गर्दै यहाँसम्म आएको स्मरण गर्छन् । पछिल्लो समय सांगीतिक क्षेत्रमा संगीत नै संगीत जस्तो र दाल, भात र बास बस्नको लागि जस्तो भएको अनि गीत संगीतमा पैसा कै लागि छाडा गीत बनाएर डलरको खेती गरेको उनको गुनासो छ । सामान्य अडियो क्यार्सेट, भिसिडी हुँदै सि.आर.बि.टी.तथा पि.आर.बि.टी. र हाल टिकटक अनि रिलसम्म आउँदा प्रविधीको धेरै विकास भएको  उनी बताउँछन् । प्रविधिको सकारात्मक तरिकाले सदुपपर्ने उनको भनाई छ । सांगीतिक क्षेत्रमा लागेपछि उनलाई कहिल्यै पछि फर्केर हेर्न परेको छैन् । क्षेत्री स्कुले जीवनमा विभिन्न प्रतियोगिताहरुमा समेत प्रथम र द्धितिय हुने गरेको बताउँछन् । उनी निरन्तर सांगीतिक कर्ममा नै रहने बताउँदै विकृति विसंगती ल्याउने खालका गीतलाई प्राथमिकता दिने र मौलिककला संस्कृतिलाई विशेष जोड दिने बताए ।  

प्रकाशित मिति: शुक्रबार, साउन २५, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update