Shittalpati
आदिवासी जनजाति दिवस मनाइँदै

पाल्पा, सदाझैं यसपटक पनि अगस्त नौ मा विश्वभरि आदिवासी दिवस मनाइँदैछ । नेपालमा पनि आज विभिन्न तामझामसाथ यो दिवस मनाउन लागिएको हो ।

सन् १९९४ डिसेम्बर २३ को संयुक्त राष्ट्रसंघको साधारणसभाले अगस्त ९ तारिखलाई अन्तर्राष्ट्रिय आदिवासी दिवसका रूपमा मनाउने अवधारणा अगाडि बढाएको हो । संयुक्त राष्ट्रसंघले यसअघि नै सन् १९९४ देखि सन् २००४ सम्म आदिवासी दशकका रुपमा ‘कर्म र मर्यादाका लागि दशक’ नाराका साथ आÞवान गरेको थियो । उक्त दिवसका लागि संयुक्त राष्ट्रसंघको लोगोलाई ब·लादेशका कलाकार रिबन देवानले तयार पारेका हुन् । सो लोगोमा हरियो पातका दुई कानजस्तो आकृतिले पृथ्वीलाई दुईपट्टिबाट घेरेको देखिन्छ । सोही सन्दर्भ पारेर नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले विभिन्न कार्यक्रम गर्ने गरेको छ ।

नेपालमा आदिवासी जनजातिहरूले राज्यबाट आदिवासी जनजातिको मान्यता पाएको धेरै भएको छैन । २०५४ मा जनजाति विकास समिति गठनपछि आदिवासीहरूले राज्यबाट आदिवासीको मान्यता पाएका थिए । पछिल्लो सार्वजनिक तथ्याङ्कलाई केलाएर हेर्दा विश्वको कुल जनसंख्याको ५ प्रतिशत हिस्सा आदिवासीहरुले ओगटेको देखिन्छ भने विश्वभरका गरिबहरुको कुल संख्यामध्ये १५ प्रतिशत आदिवासीहरुको भागमा परेको छ । अझ त्यसमा पनि आदिवासी महिलाहरुको अवस्था त कहालीलाग्दो नै छ । उल्लेखित तथ्याङ्ककै आधारमा आदिवासीहरुलाई अझैसम्म पनि गरिब वर्गमै गणना गर्ने गरेको देखिन्छ । आदिवासी जनजातिहरुले आफ्नो हकअधिकारका लागि धेरै लामो समयसम्म आन्दोलनलाई अघि बढाउँदै आएका छन् र पनि अहिलेसम्म उनीहरुको अधिकारको सुनिश्चितता नभएको अवस्था छ । संवैधानिक प्रावधानका रुपमा कुनै पनि जातजाति, समुदाय, वर्गलाई भेदभाव गर्नु कानुनी अपराध भनिएको छ, तर पनि सामाजिकरुपमा आदिवासी जनजातिहरुप्रति समान व्यवहार हुन नसकेको पाइएको छ । आदिवासी जनजातिहरूप्रति राज्यले गर्ने जातीय, भाषिक, धार्मिक, सांस्कृतिक विभेदको पुनर्वृत्ति भएको भन्दै उनीहरु अझै पनि संघर्षमा छन् ।

प्रकाशित मिति: शुक्रबार, साउन २५, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update