Shittalpati
तोलामा एक हजार पाँच सयले बढ्यो सुनको मूल्य

काठमाडौँ, स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा एक हजार पाँच सयले वृद्धि भएको छ । बिहीबार प्रतितोला एक लाख ४६ हजार पाँच सयमा कारोबार भएको छापावाला सुन आजका लागि एक लाख ४८ हजार एक सय कायम भएको छ । यसैगरी तेजाबी सुन प्रतितोला  एक लाख ४७ हजार चार सय निर्धारण भएको छ ।

त्यस्तै, यसैबीच चाँदीको मूल्य तोलामा रु ४० ले वृद्धि भएको छ । विहीबार प्रतितोला  एक हजार छ सय ९० मा कारोबार भएको चाँदी आजका लागि भने  एक हजार सात सय ३० निर्धारण भएको छ ।

प्रकाशित मिति: शुक्रबार, साउन २५, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update