Shittalpati
गोरुले किच्दा गुल्मीकी एक महिलाको बुटवलमा मृत्यु

बुटवल, गोरुले किच्दा गुल्मीकी एक महिलाको बुटवलमा मृत्यु भएको छ । बुटवलस्थित सडकमाजुँधिरहेका गोरुको बीचमा परेर घाइते भएकी गुल्मीको रेसुंगा नगरपालिका–४ अर्खले घर भई हाल बुटवल–३ गोलपार्क बस्ने ४५ वर्षीया सीता पाण्डेको मृत्यु भएको हो ।

गत साउन २० गते सडकमा जुँधिरहेका २ वटा गोरुले पैदल हिडिरहेकी पाण्डेलाई कुल्चिएका थिए । गोरुले किच्दा गम्भीर घाइते भएकी उनलाई उपचारका लागि बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल पुर्‍याइएको थियो । उपचारकै क्रममा पाण्डेको साउन २४ गते मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । चिया पसल गर्दै आएकी उनी डेरीमा दुध लिन गएका बेला सडकमा लडिरहेका गोरुले कुल्चिँएका थिए । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, साउन २६, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update