Shittalpati
श्री ७ सिद्धि विनायक सहयोग समितिमा नयाँ नेतृत्व

पाल्पा, श्री ७ सिद्धि विनायक सहयोग समितिमा नयाँ नेतृत्व चयन भएको छ । तानसेनमा बसेको समितिको बैंठकले आगामी दुई वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गरेको हो ।

बैंठकले अध्यक्षमा केदारलाल श्रेष्ठलाई चयन गरेको छ । जसको उपाध्यक्षमा बसन्तमान सिमाङगैडा, सचिवमा दिपेन्द्र मान थैव, कोषाध्यक्षमा शालिकराम बस्याल, सहसचिवमा सुरज श्रेष्ठ रहेका छन् । सदस्यहरूमा राम बहादुर थापा, सुनिता श्रेष्ठ, दीपा श्रेष्ठ, सन्तोष मान मलेगो, राम बहादुर जिसी, धिरज श्रेष्ठ र मनोनित सदस्यहरुमा हरिबोल भट्टराई, सरस्वती आले चयन भएको समितिले जनाएको छ । त्यस्तै बैंठकले स्थायी आमन्त्रित सदस्यहरु पनि चयन गरेको छ । जसमा मिलिजुली टोल विकास संस्था, श्री गणेश टोल विकास संस्था, भगवती भिमसेन टोल विकास संस्था, शिवालय टोल विकास संस्था रहेका छन् । बैंठकले सल्लाहकारमा गुठीयारका सदस्य तथा नेपाली काँग्रेसका जिल्ला सभापति हिमालदत्त श्रेष्ठ, तानसेन –३ का वडा अध्यक्ष बाबु रत्न शाक्य, दीप नारायण श्रेष्ठ, सुर्यलाल शाक्य, भुगोल प्रसाद बैजुलाई चयन गरेको छ ।

बैठकले यो बर्षको श्री ७ सिद्विविनायक गणेशको जात्रा खटयात्रा भव्य रूपमा मनाउने निर्णय समेत गरेको छ । समितिले भाद्र ५ गते साँझ ८ बजे जाग्राम निकाल्ने र ६ गते दिउँसो १ बजे रथलाई बजार परिक्रमा गर्ने निर्णय गरेको छ । पाल्पाको पुरानो र ऐतिहासिक जात्रा मध्येका श्रीनगर सिद्धि विनायक गणेशको रथयात्रा पनि एक हो । यो हरेक वर्ष रोपाइँजात्राको भोलिपल्ट मनाइने गरिन्छ । विशेष गरी तानसेनका नेवार समुदायले यो रथ निकाल्ने गर्दछन् ।  गणेश जात्राको इतिहास ऐतिहासिक भगवती जात्रासँग जोडिएको गुठीयार तथा नेपाली काँग्रेसका जिल्ला सभापति हिमालदत्त श्रेष्ठले बताए । नेपाली सेनाले जीतगढी युद्धमा विजय प्राप्त गरेको खुसीयालीमा भगवती जात्रा जस्तै गणेशको रथयात्रा निकाल्ने प्रचलन रहेको उनको भनाई छ । श्रेष्ठका अनुसार भगवती जात्राको प्रारम्भ भएदेखि गणेशको रथयात्रा निकाल्ने गरिएको हो ।

प्रकाशित मिति: आइतबार, साउन २७, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update