Shittalpati
विषालु च्याउ खाँदा एकै परिवारका आठ जना बिरामी

गुल्मी, जिल्लामा विषालु जंगली च्याउ खाँदा एकैघरका आठ जना बिरामी परेका छन् । रेसुङ्गा नगरपालिका ८ का ६५ वर्षीय टोपबहादुर थापा सहित ६२ वर्षीया दिलकुमारी श्रीस, ३८ वर्षीय लक्ष्मण थापा, २९ वर्षीय विकास थापा, १० वर्षीया दीपिका थापा, १२ वर्षीया विनिसा थापा, ४२ वर्षीया सिर्जना काउछा र ३९ वर्षीया गीता थापा बिरामी परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रामकुमार केसीले जानकारी दिए ।

उनीहरूले रेसुङ्गा सामुदायिक वनबाट ल्याएको डल्ले च्याउजस्तो देखिने जंगली च्याउ खाएका थिए । उनीहरूलाई अहिले तम्घास अस्पतालमा सामान्य उपचार गरेर लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा रेफर गरिएको केसीले जानकारी दिए । बिरामीहरूको अवस्थामा अहिले केहि सुधार आएको प्रहरीले जनाएको छ ।
 

प्रकाशित मिति: सोमबार, साउन २८, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update