Shittalpati
पाल्पामा हाइस दुर्घटना हुँदा ७ जना घाइते

पाल्पा,पाल्पामा हाइस दुर्घटना हुँदा ७ जना घाइते भएका छन् । जिल्लाको तिनाउ गाउँपालिका –५ जोरधारास्थित सिद्दार्थ राजमार्गमा बुटवलदेखि पोखरातर्फ आउँदै गरेको ग २ ख १२२५ नम्बरको हाइस सोमबार दुर्घटना हुँदा गाडीमा सवार ८ जना मध्ये ७ जना घाइते भएका हुन् ।

हाइस अचानक अनियन्त्रित हुन जादाँ सडक किनारको पर्खालमा ठोकिन गई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनामा परी तानसेन नगरपालिका– १० की ३० वर्षीया लक्ष्मी कार्की, नवलपरासी पश्चिम सरावल गाउँपालिका –७ का ३० वर्षीय राजेश गुप्ता, सोही ठाउँका २५ वर्षीय रामु सहानी, २२ वर्षीय मेराज मञ्चुरी, २९ वर्षीय दिपेन्द्र कुमार कुसहवा, स्याङ्जाको भिरकोट नगरपालिका– ९ का  ५४ वर्षीय तारापति रेग्मी र पोखरा उपमहानगरपालिका–२२ का ५० वर्षीय रमेश के.सी घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्दिप बेल्वासेले जानकारी दिए । घाइतेहरुको लुम्विनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ । चालक वालिङ नगरपालिका–६ स्याङ्जाका ३७ वर्षीय शेखर कोइरालालाई प्रहरीले नियन्त्रणमा लिई थप अनुुसन्धान अगाडि बढाएको छ ।

प्रकाशित मिति: सोमबार, साउन २८, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update