Shittalpati
छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु

पाल्पा,देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्युु भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुुसार रूपन्देही, स्याङ्जा, नवलपरासी पूर्व,रौतहट लगायतका स्थानमा भएका छुुट्टाछुुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्युु भएको हो ।  

रूपन्देहीको बुटवल उपमहानगरपालिका–१३ बेलबास चोकस्थित सडकमा मोटरसाइकल र स्कुुटर एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा स्कूूटर चालकको मृत्युु भएको छ । लु.१९ प ८८७५ नम्बरको मोटरसाइकल र लु.८५ प ३३१३ नम्बरको स्कुटर एकआपसमा ठक्कर खाई सोमबार बिहान दुर्घटना हुँदा स्कुटर चालक सोही उपमहानगरपालिका–१३ बस्ने २३ वर्षीय अंकित पाठकको मृत्यु भएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक र स्कुटरमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । यस्तै स्याङ्जाको चापाकोट नगरपालिका–१० बायोडाँडास्थित सडकमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्युुु भएको छ । बारीकुनाबाट चापाकोटतर्फ जाँदै गरेको लु.४ त २२१ नम्बरको ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा ट्याक्टरमा सवार पाल्पा रामपुर नगरपालिका–४ देविस्थान घर भई स्याङजा चापाकोट नगरपालिका–१० बोटेटार बस्ने २८ वर्षीय महेन्द्र दमाईको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको चापाकोट अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । नवलपरासी पूर्वको मध्यबिन्दु नगरपालिका–४ मदनपुरस्थित सडकमा मोटरसाइकल दुुर्घटना हुँदा एक महिलाको मृत्युु भएको छ । मदनपुरबाट शेरीतर्फ जाँदै गरेको साइकल अनियन्त्रित भई दुर्घटना हुँदा साइकलयात्री सोही नगरपालिका–२ बस्ने ४८ वर्षीया राम कुमारी महतोको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएकी उनको मध्यबिन्दु नगर अस्पताल चोरमारामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै रौतहटको गुजरा नगरपालिका–९ स्थित सडकमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्युु भएको छ । परसर्वाबाट सिमराभवानिपुरतर्फ जाँदै गरेको ना.२८ प.७१५२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक सोही नगरपालिका–८ भवानीपुर बस्ने ३८ वर्षीय भुपेन्द्र चौधरीको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको हाईवे ट्रमा सेन्टर अस्पताल हुँदै एलएस न्यूरो अस्पताल बारामा थप उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति: मंगलबार, साउन २९, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update