सीमा भट्टराई
पाल्पा, आज नेपालसहित विश्वभर ‘विश्व सुलेखन दिवस’ मनाइँदै छ । युवा, अक्षर लेखनसँग सम्बन्धित विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदै छ । हरेक वर्ष अगस्टको दोस्रो बुधबार विश्व क्यालिग्राफी दिवस मनाइन्छ र दिवस मार्फत अक्षर लेखनको सुनौलो प्रभावको विश्वव्यापी चर्चा गरिन्छ । सन् २०१७ बाट यस दिवस मनाउन सुरु गरिएको हो ।
काठमाडौं लगायत विभिन्न ठाउँहरुमा क्यालीग्राफरहरुको सम्मान र अक्षर लेखन गरी मनाइँने गरिएको हो । नेपालमा धेरै क्यालीग्राफरहरु छन्, जस्तै रञ्जना या देवनागिरि लिपि या अन्य कला लिपीको किन नहोस् । ब्रस या पेनले राम्रा अक्षरहरू लेख्ने कलालाई नै क्यालीग्राफी भनिन्छ र यस्ता क्यालीग्राफीहरुको डिजिटल फन्टहरूको सिर्जनामा ठुलो योगदान रहन्छ । क्यालीग्राफीमा अक्षरहरुमात्र नभई विभिन्न चिÞनहरू पनि बनाइन्छ । ति डिजाइनहरू र अक्षरहरू हेर्नको लागि मात्र एकदम सुन्दर नभईकन तिनीहरूले हाम्रो जीवनलाई नै नयाँ अर्थ दिने गरेका छन् । इतिहासका पानाहरू उक्काएर हेर्दा राम्रा र विशेष अक्षरहरू देवताको भाषा र ऊर्जाको माध्यमका रूपमा लिने गरिएको पाइन्छ । चीन, जापान र कोरियाजस्ता देशहरूमा त आज पनि क्यालीग्राफीलाई सुप्रिम कलाको रूपमा लिइन्छ ।