Shittalpati
मांगलिक दोष के हो ? 

 

✍️ज्योतिष मुकुन्द पोखरेल 

हामी मंगल भनको राम्रो कुशल, सातबारको एउटा बार, नवग्रहमध्येको एक रातो ग्रहआदिलाई बुझ्दछौँ । पौराणिक प्रमाणअनुसार बराह भगवान्‌ले पृथ्वीको उद्धार गरिसकेपछि भगवान्‌को त्यस्तो अद्भूत देदीप्यमान स्वरूप देखेर पृथ्वीलाई कामभाव उत्पन्न हुनपुग्यो र पृथ्वीले सुन्दरी स्त्रीरूप धारण गरेर आफूबाट तेजवान् पुत्रप्राप्तिको उतगि आग्रह गरिन् । पृथ्वीको आग्रहले भगवान् विष्णु अवतार वराहले भोग गरी पृथ्वीको कोखबाट मंगलको जन्म भयो । 

पृथ्वीको कोखबाट जन्मिएको हुँदा र मंगलको बनोटमा एकरूपता भेटिन्छ । अन्य पृथ्वीकोका कथाहरू पनि केही मात्रामा नभेटिने होइनन्, तर उपर्युक्त कथा नै केही अन्य उत्पचिखिन्छ । विवाहको समयमा मांगलिक दोषको चर्चा परिचर्चा चल्ने गर्दछ। हाम्रो समाजमा चाहेको समयमा विवाह नहुने, बालविधवा हुनुपर्ने, बहुविवाह गर्ने सन्तानहीन हुनुपर्ने, आफ्नो कुलोचित वरबधुको अप्राप्य हुनेजस्ता हजारौं समस्याले ग्रस्त छ । राम्रो जीवनयापन गर्न नसकेर कतिपयले अनाहकमा मृत्युवरण गर्न पुग्छन् जो राम्रो होइन । वैदिक, ज्योतिषीय, वैज्ञानिक, खगोलीय आदि आधारमा मंगल ग्रह र यसको प्रभावलाई जीवन व्यवसाय सन्तान, धनदौलत, मानसम्मान, जागिर, यात्रा, जीवनको सम्भावनाजस्ता अनेकौं दृष्टिले आआफ्नो प्रयोजनबाट हेर्ने गरिन्छ । ज्योतिषीय आधारमा मंगलग्रहलाई राज्यकारक ग्रह मानिन्छ। यसले शुभ योगको स्थानमा रहँदा शुभ नै फल दिन्छ भने कष्टकारक दृष्टि दिएर जन्मकुण्डली वा लग्नकुण्डलीमा बसेको छ भने सोही अनुसारको फल प्रदान गर्दछ । शुभ स्थानमा बसेको छ भने त्यसलाई स्थायित्व प्रदान गर्दछ । मंगल ग्रहको सफल र सार्थक ऊर्जा प्राप्त गर्न वैधव्यता, बहुविवाह, बिलम्ब विवाह, सन्तानहानी, परिवारजनको विछोड जस्ता अशुभलाई शास्त्रीय आधारमा वैदिक, तान्त्रिक, लौकिक आदिमध्ये एउटा विधि अपनाएर समस्याको समाधान गर्नु कल्याणकारक हुन्छ ।

अहिलेका मानव समुदाय वैज्ञानिक र सभ्य भनाउने लोभमा वैदिक ९शास्त्रीय० विवाह नगरेर भागी विवाहमा लालायित हुन्छन् । वरवधूको कुण्डली हेरेर आआफ्नो संस्कारलाई जीवन्त राख्न गरिने मागी विवाहभन्दा भागी विवाहमा रमाउने जमात धेरै छन् । तर, तात्त्विक रूपमा औपचारिक विवाह गर्ने भन्दा भागी विवाह गर्नेको जीवन अधिकांश दुरुह बन्ने गरेको छ। यस्तो हुनुलाई ज्योतिषीहरू मंगलको दोषले युक्त भएको मान्दछन् । सन्तान भएन, विधवा भए, पत्नी सुख प्राप्त भएन, विवाह विलम्ब भयो, जागिरमा चित्त बुझेन, अचानक पुत्रको नाश भयोआदि अनेकौं समस्या आइलागे भने मंगलको दोष हुनेगर्दछ । विवाहको समयमा मंगलीका बारेमा विशेष रूपले विचार गर्ने गरिन्छ । मंगली केटाहरूको कुण्डलीमा पनि हुन्छ, तर केटाभन्दा केटीका लागि मंगली कतिपय अवस्थामा अभिशाप बनेको देखिन्छ ।

मंगलीको बारेमा भनिएको छ ।

लग्ने व्यये च पाताले जामित्रे चाष्टमे कुजे । 

भार्याभर्तु विनाशाय भर्तु स्त्री विनाशकम् ॥ ‘मानसागरी ’

जन्मकुण्डलीको लग्न ९१० व्यय ९१२० सुहृद् ९४० कलत्र ९७० मृत्यु ९८० भावमा मंगल बसेको छ भने त्यस्तो कुण्डली भएको मानिसलाई मंगली भनिन्छ। यस्तै गरी धन ९२० भावमा मंगल बसेको छ भने पनि आआंशिक मंगली मानिन्छ । धनभावमा अर्थात् द्वितीय भावमा रहेको मंगलको प्रभावका बारेमा मतमतान्तर पाइन्छ । मंगली सरल मात्र नभएर द्विबली, त्रिबली, चतुर्बली र पञ्चबली गरी जम्मा पाँच प्रकारका पाइन्छन् । सपाट मंगली हुँदा मंगलले दिने प्रभाव सामान्य हुन्छ भने उत्तरोत्तर डबलिँदै जान्छ । मंगली हुँदा वैधव्ययोग, सन्तानहीन योग, बहुविवाहयोग, बिलम्बविवाह योग, विछोड योग, कलह योग बन्दछ। यस्तो योग पर्दापर्दै विवाह गर्दा विवाहपश्चात् अनेकौं समस्या आइपर्छन् । यस्तो नहोस् भनेर मंगली केटीलाई मंगल केटासँग विवाह गर्न उपयुक्त मानिन्छ । मंगली दोष निवारणका लागि अनेकौं सार्थक उपायहरू नभएका होइनन् । अश्वत्थ विवाह, अर्क विवाह, घटविवाह, शमीविवाहआदि शास्त्रीय विधिविधानअनुसार उपाय गरेर मंगली दोषले पार्ने वैधव्य बहुविवाह, बिलम्ब विवाहयोग जस्ता दोषहरूलाई हटाई असल सफल जीवन बिताउन सकिन्छ ।

प्रकाशित मिति: बुधबार, साउन ३०, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update