Shittalpati
सेवालाई प्रभावकारी बनाउन केन्द्रीत छौं : अध्यक्ष चिदी

पाल्पा, जिल्लाको बगनासकाली गाउँपालिकाकी अध्यक्ष सरस्वती चिदीले वडातहदेखि पालिका केन्द्रसम्मका सेवालाई प्रभावकारी बनाउन आफुहरु केन्द्रीत रहेको बताएकी छन् । गाउँपालिकाको स्वास्थ्य शाखाको वार्षिक समीक्षा गोष्ठीलाई सम्बोधन गर्दै उनले सेवा प्रभावलाई प्रभावकारी बनाउन आफुहरु लागि परेको बताएकी हुन् ।

अध्यक्ष चिदीले सबै तहका कर्मचारीहरुलाई  आम नागरिकले महसुस गर्ने गरी सेवा प्रवाह गर्न समेत आग्रह गरेकी छन् । उनले स्वास्थ्य क्षेत्र नागरिकको जीवन सुरक्षित गर्ने संवेदनशील क्षेत्र भएकाले पालिकाले स्वास्थ्य क्षेत्रमा गरेको प्रगतिलाई निरन्तरता दिन स्वास्थ्यकर्मी, जनप्रतिनिधि, कर्मचारीहरू भूमिकालाई अझ सक्रिय बनाउँदै लैजानुपर्नेमा जोड दिइन् । कर्मचारीको समन्वय, सहकार्यबाट नागरिकलाई सहज, सर्वसुलभ र प्रभावकारी सेवाप्रवाह गर्न स्वास्थ्यकर्मीलाई अध्यक्ष चिदीले सुझाव समेत दिइन् । गाउँपालिका उपाध्यक्ष हरिप्रसाद पाठकले बगनासकाली गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा गरेको लगानी अनुसारको प्रतिफल प्राप्त गरिरहेको बताए । समीक्षा कार्यक्रम वर्षभरिका उपलब्धी मापन गर्ने विषय रहेकाले आगामी दिनमा थप गतिशिल हुने गरी सेवाप्रवाह गर्न उनले सुझाव दिए । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज छिनालले वर्षभरिका कामको तथ्याड्ढ मात्र नभई सेवाप्रवाह, सामाजिक उत्तरदायित्वको समीक्षासहित कर्मचारीमा सद्भाव र एकता कायम गरी स्वास्थ्य क्षेत्रलाई सुदृढ बनाउनुपर्ने बताए ।

गाउँपालिको सभाहलमा भएको समीक्षामा बगनासकालीका ९ वटा वडामा रहेका स्वास्थ्य संस्थाहरूको आर्थिक वर्ष २०८०/८१ मा गरेको कार्य प्रगतिको समीक्षा गरिएको छ । समीक्षामा गाउँपालिकाका स्वास्थ्य शाखाप्रमुख मणिराम अधिकारीले पालिकाभित्रका विभिन्न स्वास्थ्य संस्थाबाट ३९ हजार ८ सय ४७ पटक नागरिकले सेवा लिएको बताए । समीक्षाबारे टिप्पणी गर्दै स्वास्थ्य कार्यालय पाल्पाका क्षयकुष्ठ अधिकृत विश्वनाथ न्यौपानेले विशेषज्ञ सेवा जिल्लास्तरका स्वास्थ्यसंस्थामा हुने भएपनि स्वास्थ्यलाई मध्यनजर गर्दै राज्यले प्रत्येक वडामा आधारभूत स्वास्थ्य सेवा केन्द्र अवधारणा अगाडि सारेको बताए । उनले स्वास्थ्यकर्मीहरू समुदायमा कम जाने गरेको, सेवाग्राहीसँगको अन्तक्र्रियामा कमी भएको, तथ्याड्ढमा एकरुपकता नभएकाले सेवालाई गुणस्तरीय बनाउन सुझाव दिए । ‘समग्रमा समीक्षा राम्रो देखिएको छ’ उनले भने, ‘तथ्याड्ढकमा एकरूपकता कायम गर्न खोप कार्यक्रम प्रभावकारी बनाउँदै समुदायमा जनस्वास्थ्यका कार्यक्रमतर्फ केन्द्रित हुनुपर्ने देखिन्छ ।’ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज छिनालको अध्यक्षता, स्वास्थ्य शाखा प्रमुख मणिराम अधिकारीको स्वागत, शि.अहेव नोदप्रसाद बस्यालको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: बिहीबार, साउन ३१, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update